Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

मधेस प्रदेशमा ४४ प्रतिशतले लगाए पूर्ण डोज र ११ हजारले लगाए बुस्टर डोज खोप

खबरडबली संवाददाता

जनकपुर । कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसङ्ख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । साथै करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन् ।

मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।

निर्देशनालयको तथ्याङ्कअनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७ प्रतिशत, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोरोना विरुद्धको खोपको पूर्ण डोज लगाएका छन् । 

त्यसैगरी नेपाल सरकारले अग्रपङ्क्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेश प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएकोे जानकारी दिनुभयो ।

बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन् । त्यस्तै सर्लाहीमा दुई हजार २६, धनुषामा एक हजार ९६०, रौतहटमा एक हजार ८२३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १०० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९।५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन् । प्रदेशमा कूल ६३ लाख ४३ हजार ९७० जना जनसङ्ख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९६४ जना अर्थात ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन् ।

प्रदेशमा कूल जनसङ्ख्यामध्ये १८ वर्षभन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३४२ जनालाई खोप दिने लक्ष्य रहेको छ ।

लक्ष्यअनुसार भने मधेश प्रदेशमा १८ वर्षभन्दा माथिका ५१।८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६०।४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाह्र वर्षदेखि १७ वर्षसम्मका भने ६७।२ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन् ।

पूर्ण डोज लिनेमा सबैभन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३१६ जनाले रहेका छन् । त्यस्तै सर्लाहीमा तीन लाख ८७ हजार ६५९, धनुषामा तीन लाख २१ हजार ७५४, बारामा तीन लाख २० हजार ८५१, सप्तरीमा दुई लाख ३६ हजार ३१६, रौतहटमा दुई लाख २९ हजार ३८१, सिरहामा दुई लाख २० हजार ३७७ र महोत्तरीमा एक लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ - ट्रम्प

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी कायम राख्ने योजना बनाएको बताएको छन् ...

ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु, आमा र कान्छो छोरा अस्पतालमा

धनगढी । कैलालीको चुरे गाउँपालिका–३ मा मरेको ब्रोइलर कुखुराको मासु खाएर एउटै परिवारका दुई बालकको मृत्यु भएको छ। ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending