Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

बागलुङमा ८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा

खबरडबली संवाददाता

बागलुङ । जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ । 

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ । कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्ष भित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताउनुभयो ।

सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको उहाँको भनाइ छ । कुल २७ हजारलाई लगाउने लक्ष्य लिइएकामा ८४ प्रतिशतले खोप पाइसकेका छन् । यसअघि खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगिसकेका दुई हजार ३९ जनालाई बुस्टर मात्रा दिइएको प्रमुख गुरौले जानकारी दिनुभयो । 

कोभिसिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायतलाई बुस्टर मात्रा दिइएको हो । सरकारले ६० वर्षमाथिकालाई पनि बुस्टर मात्रा दिने नीति बनाएको छ । “खोप अभियान जिल्लाका दसै स्थानीय तहमा निरन्तर चलिरहेको छ”, प्रमुख गुरौले भन्नुभयो, “१२ वर्ष माथिका सबैले खोप पाउछन् ।”

उहाँका अनुसार खोपको अभाव हुने स्थिति अहिले छैन । सानो उमरेका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने भनेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान सञ्चालन भएमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्छ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । उनका अनुसार यस चरणमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ । 

“खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएकाको अवस्था पनि सामान्य छ, अक्सिजन पनि कम मात्र दिए पुग्ने स्थिति छ ।” अस्पतालको आइसोलेशनकक्षमा अहिले चार जना सङ्क्रमित उपचाररत छन् ।

आईसियूमा भने कुनै पनि बिरामी छैनन् । सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा बिरामी थपिन सक्ने प्रमुख चिकित्सक पोखरेललको भनाइ छ । पछिल्लो लहरमा अस्पतालकै १८ जना चिकित्सक÷स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । प्रत्येक व्यक्ति जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा सङ्क्रमण रोक्न सकिने उनको भनाइ छ ।  

स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ८३ छ । धवलागिरि अस्पतालको आइसोलेशनमा रहेका चार जनाबाहेक अरु सबै सङ्क्रमित होम आइसोलेशनमा छन् । पछिल्लो साता सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर पाँच सय नाघेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending