Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

मिथिला माध्यमिकी परिक्रमा : कञ्चनवन पुगेर आज होली खेलिने

खबरडबली संवाददाता

महोत्तरी। मिथिला माध्यमिकी परिक्रमा सोमवार महोत्तरीको कञ्चनवन पुगेका छन्। कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तहरुले प्रत्येक वर्ष होली खेल्ने गर्छन्। सोही परम्परा अनुसार यसवर्ष पनि परिक्रमा विश्रामको क्रममा होली खेलिनेछ। मिथिलामा कञ्चन वनमा होली खेलेसँग होलीको सुरुवात हुने मानिदै आएको छ ।

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए। स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ ।

नगर प्रमुख साह का अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भने होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ । रङ, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताए।

कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रङ अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आजको दिन पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रङ, अविर लगाएर होली खेल्ने गर्दछन् । कञ्चनवनमा श्रद्धालुले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्रा्राम गर्ने गर्दछन् ।

फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रवकुण्ड पुगेका थिए ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गरिरहेका छन् ।

कञ्चनवन पश्चात पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा जाने गरेका छन् ।

यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending