Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

कोरोना प्रयोगशाला नसर्दा पक्षी प्रयोगशाला प्रभावित

रासस

चितवन । कोरोना सङ्क्रमण सुरु भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ । पक्षीको पिसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो ।

नेपालमा बर्डफ्लू रोग देखापरिसकेको अवस्थामा पोल्ट्रीको राजधानीका रूपमा परिचित यहाँको राष्ट्रिय प्रयोगशालामा परीक्षणको काम गर्न नपाउँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता छ । 

सरोकारवालाले मानव स्वास्थ्यलाई मात्रै प्राथमिकता दिएका कारण पक्षीको पिसीआर प्रयोगशाला सञ्चालनमा ध्यान नपुगेको हो ।

राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विसं २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ । प्रयोगशालाका प्रमुख डा चेतनारायण खरेलका अनुसार अस्पतालको मुख्य पिसीआर उपकरणबाहेक अन्य सबै उपकरण र ठाउँ प्रयोगशालाकै प्रयोग भइरहेको छ । 

प्रयोगशाला सञ्चालन गर्न नपाउँदा कुखुरामा लाग्ने एभिएन इन्फ्लून्जा र एलाइजाजस्ता रोगको परीक्षण प्रभावित भएको बताए।

प्रयोगशालाले दुईपटक भरतपुर अस्पताललाई ठाउँ खाली गरिदिन पत्राचार गरिसकेको छ भने सरोकारवाला निकायमा बोधार्थसमेत पठाएको छ ।

 प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकमा तत्काल प्रयोगशाला स्थानान्तरण गर्ने विषयमा निर्णय भए पनि काम नभएको उहाँले जानकारी दिए। 

यहाँ परीक्षण हुन नसक्दा सङ्कलन भएको नमूनालाई प्रयोगशालाले केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाउँदै आएको छ । कार्यालयमा तीन चिकित्सकसहित १२ कर्मचारी छन् । प्रयोगशाला सञ्चालन नहुँदा कर्मचारीको समग्र कार्यक्षमता नै प्रभावित भएको खरेल बताए। 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी प्रयोगशाला स्थानान्तरणका लागि गृहकार्य भइरहेको बताउनुहुन्छ । प्रयोगशालाले तीन महिनाभित्र स्थानान्तरण गरे हुने जनाएकै कारण ओमिक्रोन भेरियन्ट बढेको समयमा स्थानान्तरण नगरिएको अधिकारीले बताए । 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रयोगशाला सर्ने कुरा भएको जनाउँदै अझै नसरेको भए तत्काल आफूले अस्पतालसँग कुरा गर्ने बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending