कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आज नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराए।
सरकारमा नियुक्त मन्त्रीहरूमा सत्ता गठबन्धन दलहरूमा सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र)बाट जलस्रोत तथा ऊर्जामन्त्री सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन् । यस्तै सत्ता गठबन्धनभित्रको दोस्रो ठूलो दल कांग्रेसबाट सामाजिक विकासमन्त्री बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी छन् ।
यस्तै एकीकृत समाजवादीबाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री बन्नुभएका शाहीले यसअघि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको थियो । आज पाँच मन्त्री नियुक्त गरेसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएर कर्णाली सरकारले पूर्णता पाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी संस्थाबाट आफुले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथ...
पौष ७ गते, २०८१ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारि...
पौष ७ गते, २०८१ - १६:५२
काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ। विधेयकमाथि राष्ट्रियसभाबाट ...
पौष ७ गते, २०८१ - १६:३४
काठमाडौँ। मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्टसका समर्थकहरु माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै दोषी पक्ष...
पौष ७ गते, २०८१ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय ल...
पौष ७ गते, २०८१ - १६:२२
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार ...
पौष ७ गते, २०८१ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी द...
पौष ७ गते, २०८१ - १५:५९
लेखनाथ। जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ...
पौष ७ गते, २०८१ - १५:५०
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आर...
पौष ७ गते, २०८१ - १५:३६
रियो दि जिनरियो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको राजमार्गमा यात्रुवाहक बस र ट्रकबीच भएको दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । घटनास्थलम...
प्रतिकृया लेख्नुहोस्: