सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको अस्पताल उद्घाटन गरिएको छ । नवनिर्मित नवलपुर प्राथमिक अस्पतालको आज एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरे।
उनले हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए । बागमती प्रदेशका हरेक स्थानीय तहमा जतिसक्दो छिटो सरल र सहज रूपमा स्वास्थ्योपचार सर्वसुलभ बनाउन सरकार लागिपरेको उनको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले इन्द्रावतीका १२ वटै वडामा आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए। केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी जनशक्ति व्यवस्था गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने बताए।
प्रदेश सरकारको पाँच करोड ७३ लाख र गाउँपालिकाको २८ लाख बजेटबाट निर्मित अस्पतालमा १५ शय्या र ३९ कोठा छन् ।
अस्पतालमा दुई एमबिबिएस चिकित्सकसहित, मेडिकल, एक्स–रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसिजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए।
२८ हजारभन्दा बढी जनसङ्ख्या भएको इन्द्रावती–१ देखि १२ सम्मका वडाका स्थानीयवासीले स्वास्थ्य चौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपथ्र्यो । एक्स–रे, रगत, स्वास्थ्य परीक्षणकै लागि चौतारा, धुलिखेल या मेलम्ची धाउनुपर्ने बाध्यताबाट स्थानीयवासीले मुक्ति पाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: