Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

राजेन्द्र लिङ्देनलाई कमल थापाको अल्टिमेटम, नत्र 'विद्रोह' !

महाधिवेशनबाट पराजित भएपछि निर्मल निवासको नाङ्गो हस्तक्षेप देख्छन् थापा

खबरडबली संवाददाता

'मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो माग सम्बोधन नगरेको भन्दै गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेका कमल थापाले विद्रोह गर्ने चेतावनी दिएका छन्।  

सोमबार नेता थापा पक्षको भेलाले आफ्नो माग पुरा नभएर नयाँ यात्रा थालनी गर्ने चेतावनी दिइसकेको छ। थापाले राजसंस्था छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका छन्। आफूपक्षिय नेताको भेला गरेर स्थानीय चुनावअघि नै माग सम्बोधन नभए नयाँ यात्रा थाल्ने तयारी गरेका छन्। 

‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं’ नेता थापाको भनाइ थियो।

सैद्धान्तिक, व्यवहारिक र संगठनात्मक गरी तीन विषय आफूले उठान गरेकोले त्यसबारे पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने थापा बताउँछन्। महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउँदै यसबारे छानबिन हुनुपर्ने अडान राखिरहेका छन्।

आफूले मंसिर २७ र माघ १६ मा अध्यक्ष लिङ्देनलाई पत्र पठाएरै ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको गुनासो छ। यही पत्रको बिषयमा अध्यक्ष लिङ्देन नेता थापा निवास पुगेर शनिबार छलफल गरेका थिए। तर, आफ्नो माग पुरा गर्ने सम्भावना कमै मात्र देखिको उनले बताए। 

नेता थापाले भने, 'आइतबार पनि अध्यक्ष लिङ्देनले मलाई फोन गर्नुभएको थियो। कसले मैले पार्टी खोल्न लाग्यो भन्दियो मलाई फोन गर्नुभएको थियो। म दुःख बेसाउँदिनँ। तर बाध्य बनाइयो भने विकल्प सोच्छु भनेँ।’

महाधिवेशनभन्दा तीन साताअगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता हुँदा सौहार्दपूर्ण कुराकानी भएको र त्यसलगत्तै व्यवहार राम्रो नभएको दाबी थापाको थियो।

तर, नेता थापा पक्षका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्छन्। 

सोमबारको भेलामा सहभागी भएपछि उनले भने,  ‘उहाँले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन। महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो। त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ। हामी पार्टी एकताको पक्षमा छौँ। एकताबद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’

उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताए। त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो।

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन्। उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र समेटेर लैजानुपर्ने बताइन्।

महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्वअध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न। बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्‍नुभएको छ। विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढी नै सचेत हुनुपर्छ।’

महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन्।

अध्यक्ष लिङ्देनले भने थापाले उठाएका सवालबारे छलफल भइरहेको बताएका थिए। आइतबार उनले थापाले उठाएका सवाल छलफलकै क्रममाः रहेकाले केही दिनमा सकारात्मक सन्देश दिने बताएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending