Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

राजेन्द्र लिङ्देनलाई कमल थापाको अल्टिमेटम, नत्र 'विद्रोह' !

महाधिवेशनबाट पराजित भएपछि निर्मल निवासको नाङ्गो हस्तक्षेप देख्छन् थापा

खबरडबली संवाददाता

'मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो माग सम्बोधन नगरेको भन्दै गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेका कमल थापाले विद्रोह गर्ने चेतावनी दिएका छन्।  

सोमबार नेता थापा पक्षको भेलाले आफ्नो माग पुरा नभएर नयाँ यात्रा थालनी गर्ने चेतावनी दिइसकेको छ। थापाले राजसंस्था छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका छन्। आफूपक्षिय नेताको भेला गरेर स्थानीय चुनावअघि नै माग सम्बोधन नभए नयाँ यात्रा थाल्ने तयारी गरेका छन्। 

‘मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं’ नेता थापाको भनाइ थियो।

सैद्धान्तिक, व्यवहारिक र संगठनात्मक गरी तीन विषय आफूले उठान गरेकोले त्यसबारे पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने थापा बताउँछन्। महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाउँदै यसबारे छानबिन हुनुपर्ने अडान राखिरहेका छन्।

आफूले मंसिर २७ र माघ १६ मा अध्यक्ष लिङ्देनलाई पत्र पठाएरै ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएको गुनासो छ। यही पत्रको बिषयमा अध्यक्ष लिङ्देन नेता थापा निवास पुगेर शनिबार छलफल गरेका थिए। तर, आफ्नो माग पुरा गर्ने सम्भावना कमै मात्र देखिको उनले बताए। 

नेता थापाले भने, 'आइतबार पनि अध्यक्ष लिङ्देनले मलाई फोन गर्नुभएको थियो। कसले मैले पार्टी खोल्न लाग्यो भन्दियो मलाई फोन गर्नुभएको थियो। म दुःख बेसाउँदिनँ। तर बाध्य बनाइयो भने विकल्प सोच्छु भनेँ।’

महाधिवेशनभन्दा तीन साताअगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता हुँदा सौहार्दपूर्ण कुराकानी भएको र त्यसलगत्तै व्यवहार राम्रो नभएको दाबी थापाको थियो।

तर, नेता थापा पक्षका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गर्छन्। 

सोमबारको भेलामा सहभागी भएपछि उनले भने,  ‘उहाँले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन। महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो। त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ। हामी पार्टी एकताको पक्षमा छौँ। एकताबद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु।’

उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताए। त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो।

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन्। उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र समेटेर लैजानुपर्ने बताइन्।

महामन्त्री शाहीले भनिन्, ‘पार्टीका पूर्वअध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न। बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्‍नुभएको छ। विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढी नै सचेत हुनुपर्छ।’

महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याइन्।

अध्यक्ष लिङ्देनले भने थापाले उठाएका सवालबारे छलफल भइरहेको बताएका थिए। आइतबार उनले थापाले उठाएका सवाल छलफलकै क्रममाः रहेकाले केही दिनमा सकारात्मक सन्देश दिने बताएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending