Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

मधेश प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

एमाले मधेस प्रदेशको सचेतकमा शारदादेवी थापा

खबरडबली संवाददाता

जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुई वटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ।

प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ।

लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो।

सार्वजनिक लेखा समिति सभापतिमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नरेशकुमार राययादव र प्रतिपक्षी गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव र प्रतिपक्षी गठबन्धनको तर्फबाट नेकपा (एमाले)का जगतारन देवी साह सुडीले उम्मेदवारी दर्ता गराएका छन्।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। सो समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

प्राकृतिक स्रोत तथा वातावरण समितिका तत्कालीन सभापति माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बर्खास्त भएपछि सो पद रिक्त भएको थियो। यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति भएका वीरेन्द्रसिंह मन्त्री नियुक्त भएपछि उक्त समिति रिक्त छ।

सार्वजनिक लेखा समिति भने सुरुदेखि नै सभापति चयन हुनसकेको छैन । सार्वजनिक लेखा समितिमा ज्येष्ठताका आधारमा नेकपा (एमाले)का लगनलाल चौधरीलाई सभापतिको जिम्मेवारी दिएको थियो। सार्वजनिक लेखा समिति पद अहिले रिक्त रहेको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए।

प्रदेशसभाअन्तर्गतको अर्थ तथा योजना समिति सभापतिमा जनता समाजवादी पार्टीका मनिष सुमन, विकास समितिमा जसपाकै शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा जसपाकै अशोक यादवलाई चयन गरिसकेको छ । महिला बालबालिका समितिको सभापतिमा लोसपाका जयनुल राइन छन्।

प्रमुख प्रतिपक्षीको हैसियतमा सार्वजनिक लेखा समितिको सभापति पनि आफूहरूले नै पाउनुपर्ने लोसपाका सचेतक परमेश्वर साहले बताए। मधेस प्रदेश सरकारमा सङ्घीय गठबन्धनजस्तै जसपा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्।

यस प्रदेशमा केही दिनअघि सम्पन्न राष्ट्रियसभाको निर्वाचनयता लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एमाले)को प्रतिपक्षी गबन्धन कायम छ। एक सय ४ सदस्यीय प्रदेशसभामा सत्तारुढ पाँच दलको ७८ प्रदेशसभा सदस्य छन् भने प्रतिपक्षी दल लोसपाका १६ र नेकपा ९एमाले०का आठ गरी प्रतिपक्षी गठबन्धनसँग २४ मात्र प्रदेशसभा सदस्य छन् ।

एमाले मधेस प्रदेशको सचेतकमा थापा

यसैबीच नेकपा (एमाले) मधेस प्रदेश संसदीय दलको सचेतकमा शारदादेवी थापालाई चयन भएका छन्। एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सचेतकमा थापालाई चयन गर्ने निर्णय गरेको हो। महोत्तरी क्षेत्र नं १ को (क)बाट निर्वाचित थापा प्रदेश सभासदस्य हुन्।

विसं २०६१ बाट कम्युनिस्ट राजनीतिमा लागेकी थापाले २०६४ मा पार्टीको सङ्गठित सदस्यता लिएकी थिइन्।

थापा हाल एमालेको प्रदेश कमिटी सदस्यसमेत छन्। थापालाई सचेतकमा चयन गरेको सम्बन्धमा प्रदेशसभा सचिवालयलाई पत्रद्वारा जानकारी गराइसकेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव, पानी पर्ने सम्भावना कायमै

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर...

गोकुलको दाबी : रविको पद जान्छ, चितवन-२ मा तेस्रोपटक चुनाव हुन्छ

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध व्यंग्य गर्दै चितवन क्ष...

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

म्याग्दी । तीन दशक अघिसम्म म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदो...

कांग्रेस-एमालेले संविधान संशोधनको मुद्दा सफा नियतले अघि सारेका होइनन् : अग्नि सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीमा गए अस्थिरता अन्त्य हुन्छ

‘सरकारलाई टिकाउ बनाएर लैजान बनेको नयाँ गठबन्धनको नतिजा हेर्न बाँकी छ’ (अन्तर्वार्ता)

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि  बढाउनुपर्ने बताएका छन्। उनले संशोधनपूर्व संविधान कार्या...

आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द...

मिस नेपाल आश्मा केसीसहित यी हुन् राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत २० युवा (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको छ।  नवीन राप्रपा कार्ययोजना...

शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण...

पढाइ स्नातकोत्तर, काम भेडा चराउने

खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भ...

सोह्र श्राद्ध शुरु, पितृको सम्झना गरिँदै

काठमाडौं । सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy