काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार चितवनको भरतपुरमा आयोजित पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सो कुरा बताए।
अध्यक्ष यादवले भने, “आर्थिक विकास र समृद्धिका लागि सबैभन्दा महत्वपूर्ण सर्त भनेको सुशासन र सामाजिक न्याय हो ।”
उनले महाधिवेशनले मुलुकमा रहेका विकृति र विसंगती अन्त्य गरेर मुलुकलाई नयाँ दिशामा लैजान सफल हुनुपर्ने शुभकामना व्यक्त गरे ।
उनले भने, “यो महाधिवेशनले ऐतिहासिक निर्णयहरु गर्ने नै छन् र मुलुकको परिवर्तनको लागि मुलुकमा रहेका विकृति र विसंगतीलाइ अन्त्य गरेर नयँँ सुरुवात र नयाँ दिशामा मुलुक लैजानका लागि सफलताका मिलोस् । नयाँ युगमा नयाँ परिर्तित सन्दर्भमा नयाँ युवाहरु नेतृत्वमा आएको छन् । उनीहरुलाई हाम्रो पार्टीको तर्फबाट सदा साथ, सहयोग रहीनरहनेछ ।”
अध्यक्ष यादवले संविधान संशोधनमार्फत विद्यमान राजनीतिक तथा सामाजिक विकृति र विसङ्गति हटाई देशको रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याए। उनले समावेशी लोकतन्त्रको सुदृढीकरण र देशको अग्रगामी विकासका लागि रास्वपा जस्ता नयाँ शक्तिले अग्रसरता लिनुपर्नेमा जोड दिए।
मुलुकले अहिले सुशासन, समृद्धि र वास्तविक सामाजिक न्याय खोजिरहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, “मुलुक अहिले सयौँ वर्षदेखि विभेदमा पारिएका विभिन्न भेषभुषा, भाषा र जातजातिका मानिसहरूले समानताको हक र अधिकार चाहिरहेको अवस्थामा छ । विगतमा संविधानसभाबाट संविधानको घोषणा त गरियो, तर त्यो संविधान अझै त्रुटिपूर्ण, अधुरो र अपूरो छ ।” उनले वर्तमान संविधानभित्रै अनेकौँ अन्तरविरोधहरू रहेको चर्चा गरे ।
संविधानका सकारात्मक पक्षहरूको स्मरण गर्दै उनले सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्त्वपूर्ण आयामहरू यसमा समेटिए पनि ती धेरै कुराहरू अपूर्ण रूपमा रहेको टिप्पणी गरे। “अहिलेको मुख्य आवश्यकता भनेको संविधानलाई संशोधन र परिमार्जन गरी यसमा रहेका कमजोरीहरूलाई हटाएर संविधानलाई समृद्ध बनाउनु हो,” अध्यक्ष यादवले भने, “यो ऐतिहासिक जिम्मेवारी र चुनौती अब यहाँहरू (रास्वपा) माथि पनि आइपुगेको छ ।”
उनले रास्वपाको यस प्रथम महाधिवेशनले मुलुकलाई समृद्धिको सही दिशामा लैजान सफलता प्राप्त गरोस् भन्दै रास्वपा परिवार र महाधिवेशन प्रतिनिधिहरूलाई सुखद् कार्यकालको शुभकामना समेत व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: