पेरिस । फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ ।
दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको यूरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताएका हुन्।
“डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुपर्यो। आगामी दिनहरूमा हामी खोप लागेका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्नेछौं’ बेउनले फ्रान्स २ टेलिभिजनसँग बताए।
हाल बेलायतलगायत इयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भएपनि ४८ घण्टा पहिले कोभिड सङ्क्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने भएको व्यवस्था छ ।
‘यो हप्ता सम्भवतः सजिलो उपायका साथ, यूरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्नेछ’ उनले थपे।
यूरोपेली सरकारका सदस्यहरू विशेष गरी यूरोपेली समूह राष्ट्रभित्रको सिमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।
ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले यूरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण सङ्क्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधानलाई लागू गरेका थिए ।
उनीहरूले आफ्नो मुलुकमा प्रवेशका लागि राखेका नयाँ प्रावधानहरू साथै खोप प्रमाण लागू गर्न उत्प्रेरित गरेपछि यस निर्णयले ब्रसेल्सका अधिकारीहरू बेखुशी बनेका थिए । यद्यपि यसलाई पछि अन्य यूरोपेली मुलुकहरूले पनि नक्कल गरेका थिए ।
फ्रान्सेली अधिकारीहरूले यस महिनामा कोभिड प्रतिबन्धको श्रृंखला हटाउन थालेका छन् । फ्रान्समा फेब्रुअरी १६ देखि अवरूद्ध बनेका रात्रिक्लबहरू कन्सर्ट र खेलका साथसाथै बारलाई पुनः खोल्ने तयारी गरिरहेको छ ।
सोमबार फ्रान्समा ४६ हजारभन्दा बढी सङ्क्रमित भएको पुष्टि गरिएको थियो । यसै बर्षको जनवरीको मध्यतिर प्रतिदिन चार लाख ६५ हजारभन्दा बढी संक्रमणहरूको रेकर्ड गरेको फ्रान्समा ४६ हजार सङ्क्रमित हुनुलाई सामान्य मानिन थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: