पेरिस । फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड सङ्क्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधानलाई छिट्टै हटाउने भएको छ ।
दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको यूरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मङ्गलबार बताएका हुन्।
“डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुपर्यो। आगामी दिनहरूमा हामी खोप लागेका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्नेछौं’ बेउनले फ्रान्स २ टेलिभिजनसँग बताए।
हाल बेलायतलगायत इयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भएपनि ४८ घण्टा पहिले कोभिड सङ्क्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने भएको व्यवस्था छ ।
‘यो हप्ता सम्भवतः सजिलो उपायका साथ, यूरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्नेछ’ उनले थपे।
यूरोपेली सरकारका सदस्यहरू विशेष गरी यूरोपेली समूह राष्ट्रभित्रको सिमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।
ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले यूरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण सङ्क्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधानलाई लागू गरेका थिए ।
उनीहरूले आफ्नो मुलुकमा प्रवेशका लागि राखेका नयाँ प्रावधानहरू साथै खोप प्रमाण लागू गर्न उत्प्रेरित गरेपछि यस निर्णयले ब्रसेल्सका अधिकारीहरू बेखुशी बनेका थिए । यद्यपि यसलाई पछि अन्य यूरोपेली मुलुकहरूले पनि नक्कल गरेका थिए ।
फ्रान्सेली अधिकारीहरूले यस महिनामा कोभिड प्रतिबन्धको श्रृंखला हटाउन थालेका छन् । फ्रान्समा फेब्रुअरी १६ देखि अवरूद्ध बनेका रात्रिक्लबहरू कन्सर्ट र खेलका साथसाथै बारलाई पुनः खोल्ने तयारी गरिरहेको छ ।
सोमबार फ्रान्समा ४६ हजारभन्दा बढी सङ्क्रमित भएको पुष्टि गरिएको थियो । यसै बर्षको जनवरीको मध्यतिर प्रतिदिन चार लाख ६५ हजारभन्दा बढी संक्रमणहरूको रेकर्ड गरेको फ्रान्समा ४६ हजार सङ्क्रमित हुनुलाई सामान्य मानिन थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: