Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सेताम्मे डाँडा र हिउँले पर्यटकको भीड

खबरडबली संवाददाता
डोटी । जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । 
 
तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 
 
हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबैभन्दा बढी हिमपात भएका छन् । 
 
हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् ।
 
जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताए। 
 
उनले भने, “हिउँले डाँडाकाँडा र रुख सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै आन्तरिक पर्यटक दैनिक हिउँ खेल्न आउने गरेका छन् ।” हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटक भित्रिन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फस्टाएको उहाँको भनाइ छ । 
 
हिउँ खेल्न आउने आन्तरिक पर्यटकका कारण यहाँको चहलपहल निकै बढेको अर्का स्थानीयवासी धनबहादुर विष्टले बताए । 
 
उनले भने “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिँदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेकाले यहाँको चहलपहल झनै बढेको छ ।” 
 
हिउँमा टिकटक बनाउनेदेखि दिनभरि चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहलपहल ह्वातै बढेको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक सिद्धराज जोशीले बताए । 
 
उनले भने, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा करिब तीन हजार आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड नगर्न आग्रह गरिए पनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकलाई रोक्न नसकिएको प्रहरी बताउँछन् । 
 
बग्लेकमा करिब सात वर्षपछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए।
 
उनले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम नागरिक घर बाहिर निस्किन पाएका थिएनन्, त्यसैमा यो वर्ष बाक्लो हिमपात भएकाले पनि बग्लेकमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका हुन् ।” 
 
बग्लेकबाट सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडसमेत अवलोकन गर्न सकिने भएकाले खप्तडका विभिन्न रमणीयस्थल तथा हिमालका दृष्य अवलोकन गर्नका लागि भएपनि अहिले बग्लेकमा आन्तरिक तथा बाह्यि पर्यटक भित्रिन थालेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 
 
खप्तडमा बग्लेकभन्दा बढी हिउँ परेकाले त्यहाँका जनावर अहिले बग्लेक क्षेत्रमा झरेका छन् । विभिन्न जङ्गली जनावर देख्न सकिने भएकाले पनि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । अग्लो डाँडामा रहेको बग्लेकमा मैदान जमिन हरियाली ठाउँ भएको र घोडचडीको पनि व्यवस्था भएकाले पहिलेदेखि नै पर्यटक आउने गरेको थियो । त्यसमा पनि अहिले हिमपात भएकाले पर्यटकको सङ्ख्या बढेको भिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए। 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending