सुनसरी । ‘लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ’ अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाइएको छ।
सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले बिहीबार बेलुकी हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाएको इनरुवा-३ का मिथलेश झाले बताए।
इनरुवा, कोसी, हरिनगर, धरान, इटहरी, देवानगन्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोवास गर्ने मैथली समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मीपूजा गरेको हरिनगरका चन्दन मेहताले बताए।
सनपाटबाट निकालिएको सनठी र खड्को प्रयोग गरेर बनाइएको हुक्कापाती घरका मुख्य व्यक्तिले पूजाकोठादेखि आँगनसम्म बनाइएको अरिपनमा बालिएको चौमुख दियोमा आगो लगाई बाहिर खेल्ने गरिन्छ।
मिथला क्षेत्रका व्यक्तिले हुक्कापातीमा दिवाली अर्थात् लक्ष्मीपूजाको रातिमा खेलेर लक्ष्मी घर आउनु र दरिद्रहा बाहिर जानु भन्दै खेल्ने गरेको इनरुवा-३ का चन्द्रमोहन झाले बताए। हुक्कापाती खेलेपछि पितृको शान्ति र मोक्ष प्राप्ति हुने जनविश्वास छ।
हुक्कापाती घरका पुरुषले मात्र खेल्ने परम्परा छ।
हुक्कापाती खेलिसकेपछि पूजाकोठामा जलेको सनठी ल्याएर राख्ने चलन रहेको झाले बताए। हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय सहरी क्षेत्रमा बस्ने मैथली समुदायले कम खेल्ने गरेको स्थानीयको भनाइ छ।
यसका चलन अझै पनि ग्रामीण क्षेत्रमा छ। विषेशगरी वृद्धवृद्धाले यसको संरक्षण गरिरहेका छन् भने युवापुस्ताको ध्यान यसप्रति घट्दै गएको छ। हुक्कापाती विषेश गरेर झा, मेहता, यादव, राजपुरलगायत समुदायका व्यक्तिले खेल्ने गरेको छ।
पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले समेत हुक्का पाती मनाउने गरेका छन्।
हुक्का पातीको मिथला क्षेत्रमा बसोबास गर्ने मैथली समुदायमा विषेश महत्त्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्त्व बोकेको हुक्कापाती सुनठीको अभाव र युवापुस्तामा पर्वको विषयमा जागरुकता ल्याउनका लागि यसलाई निरन्तरता दिइएको इनरुवाका गौतम यादवले बताए।
त्यसैले आफ्नो संस्कृतिको संरक्षणका लागि सबैको ध्यान जान आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: