कञ्चनपुर । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम रोकायालाई हाल फूल बिक्री गर्न भ्याइनभ्याई छ । तिहारका लागि फूलको माग बढेको उनको भनाइ छ । “तिहारका लागि फूलको माग असाध्यै छ । मागअनुसार फूल पुर्याउन भ्याइनभ्याई छ”, उनले भने, “कोही बारीमै पुगेर फूल किनिरहेका छन् । कतिपयले फोनबाट फूलको माग गरेका छन् ।”
पछिल्लो समय रोकाया मागअनुसार फूल पुर्याउन मोटरसाइकल बिहानैदेखि दौडधुप गरिरहन्छन् । फूल बिक्रीका लागि कहिले दोधारा चाँदनी त कहिले सदरमुकाम महेन्द्रनगर पुग्ने गर्छन्, उनी ।
तिहारमा हालसम्म रु १५ हजारका फूल बिक्री गरेको रोकायाको भनाइ छ । “दिनमा एकपटक महेन्द्रनगरको माग पूर्ति गर्न फूल लिएर आउनुपर्छ । त्यसपछि दोधारा चाँदनीमै व्यस्त भइन्छ”, उनले भने, “तिहार लक्षित गरेर फूलखेती गरिएकाले तिहार सबै फूल बिक्री गरिसक्नुपर्ने हो ।”
सुन्दरनगरमा रोकायाले बाह्र कट्ठा जमिनमा फूलखेती गर्नुभएको छ । उनको खेतमा हाल सयपत्री र मखमली फूल फुलेर बिक्रीका लागि तयार छन् । प्रतिकिलोग्राम रु तीन सयका दरले फूल बिक्री भइरहेको बताए। अझै खेतमा डेढ क्विन्टल फूल बिक्री गर्न बाँकी रहेको उनको भनाइ छ ।
“रामलीलालगायत कार्यक्रममा पनि फूल बिक्री भयो । तिहार बाँकी फूल सबै बिक्री हुने विश्वास छ”, रोकायाले भने, “पोहोर साल रु पाँच सय किलोग्रामका दरले बिक्री भएको थियो । उपभोक्ता महँगो भनेपछि यसपालि मूल्य घटाएको हो ।” बाह्र कट्ठा जमिनमा फूल खेती गर्न रु ४५ हजार लगानी लागेको उहाँको भनाइ छ । भारतबाट फर्किएर रोकायाले दुई वर्षअघिदेखि फूल खेती थाल्नु भएको हो ।
सुरुआतमा भारतबाट रोकायाले फूलको बीउ मगाएर खेती गर्नुभएको थियो । “अब बीउ ल्याउनुपर्ने अवस्था छैन । फूलको बेर्ना आफैँले खेतमा उत्पादन गर्ने गरेको छुँ”, उनले भने,, “फूल र माला बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ ।”
असार अन्तिमतिर राखेको बेर्ना एक महिनामै खेतमा सार्नका लागि तयार हुन्छ । साउनमा खेतमा सारेको फूलको बेर्ना असोजदेखि बिक्रीका लागि तयार हुने गरेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: