Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

जनताले सरकारको अनुभूति पाउने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् । 

आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८र७९ को दोस्रो त्रैमासिक/अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउनसक्ने गरी कार्य सम्पादन गर्नु पर्दछ ।”

उनले जवाफदेहिता र जिम्मेवारीबाट पन्छेर परिणाम दिन नसकिने बताउँदै चालु अर्धवार्षिक अवधिमा पूँजीगत खर्च सन्तोषजनक नरहेकाले त्यसलाई वृद्धि गर्न निर्देशन दिए । असारमा बजेट सक्ने गरी हतारमा काम गर्ने परिपाटीको अन्त्य गरी वैशाखभित्रै लक्ष्यअनुसार कार्यसम्पादन गर्न पनि मन्त्री कार्कीले जोड दिए । 

उनले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मन्त्रालयअन्तर्गत १४२ वटा माइलस्टोनको कार्यान्वयन गर्ने लक्ष्य राखेकामा हालसम्म जम्मा ४७ वटाको मात्र कार्य सम्पन्न भएकाले बाँकी माइलस्टोनको पनि यथासमयमा कार्यान्वयन गर्न निर्देशन दिए। मन्त्री कार्कीले मुलुकमा चरम विद्युत् भार कटौती रहँदा आफू ऊर्जामन्त्री भएको र त्यतिबेला विभिन्न नीतिगत निर्णय गरेको परिणाम आज मुलुक विद्युत्मा आत्मनिर्भर बन्न सकेको प्रसङ्ग उल्लेख गर्दै अहिले पनि आफूले सञ्चार मन्त्रालयको जिम्मेवारी लिइरहँदा दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन चाहेको बताए । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले कोभिडको अवस्थामा सञ्चार मन्त्रालयअन्तर्गतका निकायको भूमिका प्रशंसनीय रहेको भए पनि चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका लक्ष्यको कार्यान्वयन भने सन्तोषजनक नरहेको बताए । उनले पूँजीगत खर्च बढाउन आग्रह गर्दै समाजमा बढ्दो साइबर अपराधलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए। 

मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले वित्तीय खर्च र प्रगतिबीच तालमेल हुन नसक्दा छ महिनाको अवधिमा प्रगति सन्तोषजनक भएको भन्दै विभिन्न मन्त्रालय र सञ्चार मन्त्रालयका अन्तरनिकायबीच समन्वय वृद्धि गरी कार्यसम्पादनलाई तीव्रता दिन निर्देशन दिए । उनले राष्ट्रिय समाचार समिति रेडियो नेपाल र नेपाल टेलिभिजनलाई डिजिटल अर्काइभको काम छिटो सम्पन्न गर्न तथा राससको भिडियो सेवा र नेपाल टेलिभिजनको एनटिभी वल्र्डलाई सञ्चालनमा ल्याउन पनि निर्देशन दिए। 

सो अवसरमा मन्त्रालयका उपसचिव रेखा पाण्डे ९केसी०ले चालु आवको अर्धवार्षिक अवधिमा मन्त्रालय र मातहतका निकायको विनियोजित बजेटमा चालुतर्फ ६४.४६ प्रतिशत र पूँजीगततर्फ १९.३९ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयोे । कार्यक्रममा यस अवधिमा कार्यान्वयनका क्रममा रहेका २६ वटा र काम सुरु हुन नसकेका २८ वटा माइलस्टोनको बारेमा विस्तृत प्रस्तुतीकरण गरिनुका साथै चालु आवको अर्धवार्षिक अवधिमा भएका मुख्यमुख्य उपलब्धिका बारेमा पनि जानकारी गराइएको थियो । सो अवधिमा मन्त्रालयअन्तर्गतका निकायले सङ्कलन गरेका राजस्व, आम्दानीको विवरण र बेरुजु पछ्र्योटको स्थिति प्रस्तुत गरियो । 

बैठकमा मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित १५औँ योजनाको सूचक, आव २०७८र७९ को बजेट वक्तव्यमा उल्लेखित सूचकाङ्कको प्रगति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एकीकृत अनुगमन प्रणालीमा समावेश सूचकाङ्कको २०७८ पुस मसान्तसम्मको प्रगति तथा आव २०७८र७९ को प्रथम त्रैमासिक समीक्षा बैठकको निर्णयको कार्यान्वयन अवस्थाबारे जानकारी दिइएको थियो । 

सो अवसरमा मन्त्रालय सम्बद्ध राससलगायत विभिन्न १८ वटा निकायका प्रमुखले आ–आफ्ना निकायसँग सम्बन्धित समस्या र कार्यप्रगतिका बारेमा अवगत गराएका थिए । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालयलगायत विभिन्न निकायका प्रतिनिधिले पनि मन्त्रालयसँग सम्बन्धित विभिन्न सरोकारका विषयमा प्रष्टीकरण दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending