Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रतिस्पर्धा नचाहने प्रवृत्तिले कसरी क्षमता विकास हुन्छ : अध्यक्ष तिमिल्सिना

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा हाम्रा अभ्यासलाई लोकतान्त्रिक माध्यमबाट निखार ल्याउँदै सकारात्मक दिशातर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका छन्।

सभामुख र उपसभामुखको जिम्मेवारी र कुर्सीलाई निष्पक्ष तुल्याउन राजनीतिक दलको सदस्यबाट अलग हुने मान्यता स्थापित गरिएको बताउँदै उनले निष्पक्ष भएर काम गरेको महसुस गर्ने स्थिति भएमा हालका लागि पर्याप्त हुने धारणा व्यक्त गरे ।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच आज यहाँ आयोजित अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मका अनुभवले सभा सञ्चालन गर्ने सन्दर्भमा आगामी दिनमा ऐनमा व्यवस्था गर्नसके सहज हुनेछ भने।

उनले भने, “राष्ट्रियसभाको बैठक सुरुआत गर्न उपाध्यक्षलाई आग्रह गरेकामा अरु सदस्यबाट अनेकौँ प्रश्न खडा गरेर आनाकानी भयो, तर उपाध्यक्षबाट बैठक अन्त्य गर्ने अभ्यास भने स्थापित भइसकेको छ ।” आरक्षण र समानुपातिक निर्वाचन प्रणालीबाट टिकट लिन तँछाडमछाड भए पनि प्रतिस्पर्धामा आउन नचाहने प्रवृत्तिले क्षमता कसरी विकास हुन्छ भनी प्रश्न गर्दै अध्यक्ष तिमिल्सिनाले भेग, जात, समुदाय र लैङ्गिक हिसाबले अब कुनै विभेद छैन, सबै सक्षम छौँ भन्नेतर्फ प्रयास र प्रयत्न आवश्यक रहेको बताए।

निष्ठाको राजनीति गर्नेले पदका लागि दल छाड्ने र फेर्ने गर्नै नहुने बताउँदै उनले सबै स्थानीय तह र प्रदेशको असली प्रतिनिधि राष्ट्रियसभाका सदस्य भएकाले सङ्घ र प्रदेशलाई बलियो तुल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि प्रदेश उपसभामुखले आगामी दिनमा माथिल्लो तहको जिम्मेवारी प्राप्त भएमा कुशलतापूर्वक सम्पादन गर्न सक्षम रहेको दाबी गर्दै हालसम्मका अभ्यासले आत्मबल बढेको प्रतिक्रिया दिए।

प्रदेश सभामुख र उपसभामुख राजनीतिक दलको साधारण सदस्यबाट अलग हुने भनिए पनि मुख्यमन्त्रीको निर्वाचनमा मतदानमा सहभागी भएको घटना सुनाउँदै उनिहरुले मतदानमा सहभागी भएपछि खिन्नता महसुस भएको उल्लेख गरे ।

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले भने, “हामी उपसभामुखको जिम्मेवारी छौँ, तर सदन सञ्चालन गर्न र  बोल्न पाइन्नँ । उपसभामुख हुँदा पिँजडाको पक्षीजस्तो महसुस भएको छ, पद पाइयो, स्वतन्त्रता पाइएन ।”

कानूनमा  अधिकार दिए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै उनले हामीलाई सदन चलाउन दिएको भए सभामुखको पद जान्थ्यो र ? भनी प्रश्न गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending