चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए ।
अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ । उनले भने, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ । उनले थपे, “एमेसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”
नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए ।उनले भने, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।” संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए । पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले बताए ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए। उनले भने, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।” दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिए । फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १४:०७
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...
पौष ३ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...
पौष ३ गते, २०८२ - १३:४६
काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:४२
काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...
पौष ३ गते, २०८२ - १३:३५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...
पौष ३ गते, २०८२ - १३:०४
कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...
पौष ३ गते, २०८२ - १२:५७
बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६:३० जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका-४, बाहु...
पौष ३ गते, २०८२ - १२:४९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएसँगै मतगणना भइरह...
पौष ३ गते, २०८२ - १२:३९
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली ...
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...




प्रतिकृया लेख्नुहोस्: