Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

स्थानीय चुनावमा १ करोड ८० लाख मतदाता

वैशाख २९ सम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

खबरडबली संवाददाता

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि करिब १ करोड ८० लाख मतदाता हुने जनाएको छ । आइतबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत् यसबारे जानकारी दिइएको हो । यस्तै आगामी वैशाख २९ सम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था गरिएको बताइएको छ ।

‘२०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति ९कट अफ डेट० मान्दा १ करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई ‘कट अफ डेट’ मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिब थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।’

साथै निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित कामहरु अन्तिम मतदाता नामावली, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने र निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने काम भइरहेको जनाएको छ । त्यस्तै निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको  छ भन्दै स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचन आयोगका लागि करिव १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएअनुसार नेपाल सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आम विधार्थी मोर्चाको अगुवाईमा विधार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रेका छन् । मो...

एन्फा महिला लिग : पुलिस र चन्द्रपुरको गोलरहित बराबरी

काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।  ललितपुरको सातदोवाटोस्थित एन्फा मै...

शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा

काठमाडौँ । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्...

सर्वसाधारणका लागि भोलीदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा सर्वसाधारणका लागि  भोलीदेखि खुला रहने भएको छ । २७ भदौको मन्त्रिपरिषद बैठकले ३ असोजदेखि अन्तरिम ...

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमा विस्तार गर्ने...

रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूलाई धारण...

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ । बुधबार नेप्से ४ अङ्कले घटेर २५७६. ७६ विन्दुमा रोकिएको हो । आज ३२० कम्पनिको कारोबार हुदा एक करोड ३९ ...

विद्यालय शिक्षा ऐन छिटो पारित गर्छौंः शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएको छिन् । आइतबार रा...

रामेछाप पहिरोमा ज्यान गुमाएका र बेपत्ताका परिवारलाई राहत रकम दिन समस्या

रामेछाप। हकवाला पहिचान हुन नसक्दा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्क पहिरोमा ज्यान गुमाएका तीन जना र बेपत्ता दुई जनाको परिवारलाई सरकारले अझै ...

रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । अस्ट्रेलियाका पुर्व कप्तान रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । यस अघि आइपिएल टिम दिल्ली क्यापिट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy