Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

आज पुस महिनाको पहिलो आइतबार रविसप्तमी, सूर्यदेवको विशेष पूजा गरिँदै

खबरडबली संवाददाता

काठमाडौं । पुस महिनाको पहिलो आइतबार । भगवान् सूर्यदेवको विशेष पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ ।

यो दिनलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । 

पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । यस दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधनासहित अन्न दान निदुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन् । 

सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव भए । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बस्नुभएकाले मार्तण्ड पनि भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट हुनुभएकाले उहाँलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाका बताउँछन् । 

नौ ग्रहमध्ये सूर्य माझमा निवास गर्ने भएकाले उहाँलाई अधिपतिप्रमुख मालिक मानिन्छ । भगवान् सूर्यले आफ्नो ताप र प्रकाशले अन्धकारलाई स्वतस्फूर्त नाश गरी तीनैलोक स्वर्ग, मत्र्य, पाताल तताएर प्रकाशित गर्नुहुन्छ । ज्योतिर्मय रथले सबै ठाउँमा घुम्नुहुन्छ । बस्ने ठाउँ छत्तीस लाख योजन लामो र नौ लाख योजन चौडाइ छ । यसको जुवा छत्तीस लाख योजन लामो छ । 

कालरूपधारी भगवान् सूर्य लोकको व्यवहार ठिक– ठिक चलाउनका लागि चैत्रादि बाह्र महिनामा क्रमशः १२ वटा नाम धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान्, त्वष्टा, विष्णु, अंशु, भग, पूषा, पर्जन्य नामले प्रवेशगर्दा ऋषिहरुले सूर्यसम्बन्धी ऋग्वेद, यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्नुहुन्छ । त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडि– अगाडि अप्सरा नृत्य गर्दै हिँड्नुहुन्छ । 

उहाँको पूजा षोडोशोपचारले आँक, कुश, शमी ,करवीर, रातो कमलको फूलले गर्दछ भने उसलाई धर्म, अर्थ, काम र मोक्ष मिल्ने गर्दछ । यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ । 

आइतबार सूर्यको सङ्क्रान्ति तथा शुक्लपक्षको सप्तमी पर्यो भने त्यो दिन गरेको पूजा, व्रत, जप अक्षय हुनेछ । जसले ‘आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु, प्रचोदयात्’ भनी सूर्यको गायत्री जपी पूजा, जप, स्तुति, मुद्रा, अञ्जलीले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नमः स्वाहा, ॐ विष्णवे नमः भनी हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ ।

जसले उदाउँदा ब्रह्मा, मध्याह्नमा महेश्वर, अस्ताउँदा विष्णु भनी पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ । रोग निको हुने गर्दछ । जो चाण्डाल, पतित, कोढी, महापातकी, दुःखी, दरिद्र, शोकग्रस्त छ । पुस महिनामा सूर्यको दर्शन र पूजा गर्नाले सवै रोग हटेर आफ्नु पापबाट मुक्त हुनेछ । ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाउनु भएको थियो । त्यसैले गोकर्ण, वालखिल्य ऋषि, शत्राजित आदिले पनि सूर्यको उपासना र स्तुति गाउनु भएको थियो । जसले गाउँदछ उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ ।

कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन् । पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ । 

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नगर्दा राम्रो हुन्छ । यो दिन मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन् । यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ । यी दुवै वस्तु सूर्यका प्रिय छन् । 

सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए । त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो । जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ ।

आइतबार आज तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ । आजको दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान् सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । आइतबारको दिनमा सूर्यको अघ्र्य दिन निम्न मन्त्रलाई उच्चारण गरिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी । जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । ब...

आजदेखि सरकारी कार्यालयको समय ९-५, सातामा दुई दिन बिदा

काठमाडौं । आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकायको कार्यालय समय परिवर्तन गरिएको छ। अबदेखि यी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चाल...

प्रतिनिधि सभा बैठकअघि संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । दलहरूबिच सहमति जुटाउन संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बस्दैछ। संसद् सञ्चालनमा दलहरूबिच सहमति जुटाउन र आगामी कार्यस...

ठूला मार्टमाथि सरकारको अनुमगन तीव्र, भाटभटेनीसहित चार मार्ट कारबाहीको दायरामा

काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायराम...

देउवा पक्षलाई अर्को धक्का, समानान्तर बैठकमा शेखर समूह पनि नजाने

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला र उनी पक्षधर नेताहरू पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाउने समानान्तर बैठक र छलफलमा सहभागी नहुने निर्...

दैनिक ५० हजार लाइसन्स छापिँदै, साउनबाट चिट बोक्नु नपर्ने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसन्स) छपाइ जति सुस्त छ छाप्नुपर्ने सङ्ख्या दिनहुँ बढ्दो छ। यातायात व्यवस्था विभागका अनुसार त्यो सङ्ख्या करिब ३० ...

भक्तपुर प्रहरीको स्वीप अपरेसन- ९० जना पक्राउ

काठमाडौँ । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।   शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक...

थोपा सिँचाइलाई माथ दिने नेपाली प्राध्यापकको ‘काचाल्का’ प्रविधि

चितवन । नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्। ...

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्र...

आज लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending