काठमाडौं । नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो ।
दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४।५ किमी दूरीको हुनेछ । सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ ।
खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन् ।
प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख १० हजार, रु ७५ हजार र रु ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु ६०, रु ३५ र रु २० हजार तथा जिल्लावासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३०, रु २० र रु १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: