Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सोमालियाका ५० प्रतिशत बालबालिकामा कुपोषणको जटील समस्याः राष्ट्रसंघ

खबरडबली संवाददाता

जेनेभा । गम्भीर खडेरीका कारण पाँच वर्षमुनिका झण्डै आधा सोमालियाली बालबालिकालाई खाद्यान्न अभावका कारण पोषण तत्व कम हुँदा यो बर्ष उनीहरू कुपोषणका कारण प्रभावित बन्ने खतरा देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

लाखौँ बालबालिकाको ज्यान बचाउनका लागि उपचार आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न आह्वान गरेको हो । 

संयुक्त राष्ट्र बालकोष (युनिसेफ)को सोमालिया परिचालनका लागि सञ्चार प्रमुख भिक्टर चिन्यामाले भने, “सोमालियामा कुपोषण संकटस्तरमा पुगेको छ ।”

जेनेभामासंवाददाताहरूलाई भिडियो–लिङ्क मार्फत् भने, “यदि विश्व समुदायले परिस्थिति बिग्रनुअघि वा अनिकाल घोषणा नगरेसम्म पर्खनुभयो भने धेरै ढिलो हुन सक्छ ।”

दशकौंदेखि सोमालियाको ‘हर्न अफ अफ्रिका’ क्षेत्रले सबैभन्दा लामो खडेरीसँग जुधिरहेको हुनाले यो क्षेत्रलाई सोमालियाको सबैभन्दा बढी प्रभावित स्थान मानिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सोमालियाली जनसंख्याको एक चौथाइ अर्थात् ४१ लाख नागरिकहरू अहिले नै खाद्य सहायताको भरमा रहेका छन् । 

भोकमरीको संकटमा बालबालिकाले सबैभन्दा बढी मूल्य चुकाइरहेका छन् । तीमध्ये १४ लाख अर्थात् पाँच वर्षमुनिका सन्ततिहरूमध्ये झन्डै आधाले वर्षको अन्तसम्ममा तीव्र कुपोषणबाट पीडित हुने खतरा देखिएको चिन्यामाले बताए । 

उनले भने, “यीमध्ये तीन लाख ३० हजारभन्दा बढी बालबालिकालाई गम्भीर कुपोषणको कारण उपचारको खाँचो पर्नेछ ।”

ती बालबालिकाको उपचारका लागि आवश्यक पर्ने उपचारात्मक खानेकुरा खरिद गर्न मार्चसम्ममा तत्काल ७० लाख अमेरिकी डलर आवश्यक पर्ने युनिसेफले अनुमान गरेको उनले बताए। 

थप सामग्री विना ‘गम्भीर कुपोषण भएका एक लाख केटाकेटीले उपचार गुमाउनेछन् जसका कारण उनीहरूको मृत्यु टार्न कठीन हुनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending