काठमाडौं । आइसीसी टी २० विश्वकप ग्लोबल छनोटअन्र्तगत आजको खेल नेपालको लागि निर्णायक हुने भएको छ। विश्वकप छनोटमा आज हुने खेलमा यूएईलाई हराए नेपाल छनोट हुनेछ।
पहिलो सेमिफाइलनमा मंगलबार सयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध मैदान उत्रदा नेपाल जितसँगै दोस्रो पटक विश्वकप पुग्ने लक्ष्य बलियो बनाएको हो।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ ।
यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।
नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो । नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले, दोस्रो खेलमा फिलिपिन्सलाई १३८ रनले र तेस्रो खेलमा क्यानडालाई आठ विकेटले पराजित गरेको थियो ।
यस्तै, समूह चरणका तीन खेलमध्ये दुईमा विजयी भएको यूएई एक खेलमा भने पराजित भएको थियो । समूह ‘ए’ बाट आयरल्यान्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल र यूएईबीच भएको पछिल्लो चार टी- २० भेटमा दुबै टोलीले समान दुई खेलमा जित निकालेका छन् । यद्यपि, हालै ग्लोबल छनोटको तयारीका लागि खेलिएको खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।
यस अघि सन् २०१९ मा भएको तीन भेटमा भने नेपाल दुई पटक विजयी हुँदा यूएई एक पटक जित निकाल्न सफल भएको थियो । नेपालले यूएईलाई फेब्रुअरी १ र ३ मा भएको भेटमा क्रमशः ४ विकेट र १४ रनले पराजित गरेको थियो । यता, ३१ जनवरीमा भएको खेलमा यूएई ३१ रनको विजयी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८१ - ०६:५७
मध्यराति आरआर क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि नेविसंघ असन्तुष्ट
चैत्र ४ गते, २०८१ - ०६:४७
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर...
चैत्र ४ गते, २०८१ - ०६:४३
मङ्गलबारे । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थ...
चैत्र ३ गते, २०८१ - ०९:३२
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् । स्थानीयवा...
चैत्र ३ गते, २०८१ - ०९:२६
लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवन...
चैत्र ३ गते, २०८१ - ०९:११
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ। चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर...
चैत्र ३ गते, २०८१ - ०८:४६
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक ह...
चैत्र ३ गते, २०८१ - ०८:४२
काठमाडौँ । प्रहरीले रु दुई करोड ७५ लाख ११ हजार चार सय ९८ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । ...
चैत्र ३ गते, २०८१ - ०८:३८
मध्यविन्दु । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ ...
चैत्र ३ गते, २०८१ - ०८:२८
काठमाडौं । आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्। प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक...
प्रतिकृया लेख्नुहोस्: