झापा । झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ । बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए ।
“बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ”, अनुगमन समितिका संयोजक न्यौपानेले भने, “कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर कायम राख्न निरन्तर अनुगमन गरिरहेका छौँ ।”
अनुगमन टोलीले भद्रपुर–६ मा रहेको पराजुली एन्ड ब्रदर्श ग्यास उद्योग, मेचीनगर–१४ को मेची ग्यास उद्योग र विर्तामोड–२ मा रहेको पाथीभरा ग्यास उद्योगको अनुमगन गरेको थियो । ती उद्योगले उत्पादन गरी सिलप्याक गरेका सिलिन्डरमा तोकिएको मात्रामा तौल भएको वा नभएको बारेमा टोलीले प्राविधिक परीक्षण गरेको थियो । सिलिन्डरको सिलबन्दीको गुणस्तर, नापतौल, राजस्व बुझाएको कागजपत्र, स्टकलगायतको बारेमा टोलीले अनुगमन गरेको थियो ।
झापाका ग्यास उद्योगले उत्पादन गरेका सिलिन्डरको नापतौल र कागजपत्र ठीक अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको छ । यसैगरी टोलीले मेचीनगरको पूर्वाञ्चल सप्लायर्स, प्रनिक आयल स्टोर्स, नेम्वाड पेट्रोल पम्प, नन्दा पेट्रोल पम्प, मेट्रो पेट्रोल पम्प र भद्रपुरको सन्तोष ट्रेडिड गरी छ पेट्रोल पम्पमा अनुगमन गरेको थियो । अनुगमनमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
“पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको घनत्व, मूल्य, नापतौल, कागजपत्रलगायतका विषय परीक्षण गर्दा ठीकै पाइयो”, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जय अधिकारीले भने, “तर, केही पम्पमा सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिएका छौँ ।” टोलीले ग्यास उद्योग र पेट्रोल पम्पमा अग्नि नियन्त्रण तथा सुरक्षाको अवस्थाका बारेमा समेत अनुगमन गरेको थियो । ती ठाउँमा अग्निसमन सिलिन्डर राखेको पाइएको थियो ।
अनुगमन टोलीले खाद्य पसलमा अनुगमन गर्दा मेचीनगरका तीन वटा किराना पसललाई जरिवाना गरेको छ । मेचीनगर–६ को गाउँले मासु पसल, देव खुश्वु किराना पसल र मेची मिष्ठान्न भण्डारमा नापतौलका गुणस्तर कायम नभएका कम्प्युटर काटा उपकरण जफत गरिएको अधिकारीले बताए। बजारमा म्याद गुज्रिएका सामान नबेचिउन र गुणस्तरमा लापर्बाही गर्ने व्यवसायीलाई कानुनबमोजिम कारबाही गर्न जिल्लाका सबै पालिकामा बजार अनुगमन निरन्तररुपमा गरिने अनुगमन समितिका संयोजक न्यौपानेले बताए ।
उनले अनुगमनको क्रममा व्यवसायीलाई उपभोग्य वस्तुको लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, नापतौल, पसल सञ्चालनको अनुमतिपत्र, नवीकरण पत्र अद्यावधिक गर्न निर्देशन दिने गरेका छन् । अनुगमनका क्रममा म्याद सकिएका सामग्री जफल गर्ने, नापतौलका उपकरण जफत गर्ने र पटकपटक सचेत गराउँदासमेत अटेर गर्ने व्यवसायीलाई कारबाही गरिँदै आएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: