Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

युक्रेन-रुस तनाव : युक्रेनमाथिको आक्रमण के नयाँ शीतयुद्धको सुरुवात हो ?

रुसको चीनसँग छुट्टै गठबन्धन, आलोचनाबीच एक अर्कालाई गर्दै आइरहेका छन् सहयोग

खबरडबली संवाददाता

काठमाडौं । यो एउटा युगको अन्त्य भएको जस्तै हो। सन् १९५९को नोभेम्बरमा बर्लिन पर्खाल ढलेपछि हामीले सोचेका थियौँ पूर्व र पश्चिमबीचको पुरानो विभाजन अब इतिहास बन्यो। पुँजीवाद र साम्यवादबीचको वैचारिक भिन्नता समाप्त भएर हामी एउटै पक्षमा आइपुग्यौँ भन्ने भावना विकास भएको थियो।

तर कुनै समय पूर्वी जर्मनीमा केजीबी जासुस रहेका भ्लादिमिर पुटिनको लागि सोभियत सङ्घको पतन व्यक्तिगत आक्रोशको विषय बन्यो र उनमा यो रोष समयसँगै बढ्दै गयो।

कुनै समय सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको युक्रेन रुसी सङ्घबाट छुट्टिएर बनेको तथ्य पुटिनले विश्वास गर्दै आएका हरेक कुराको लागि एक अपमान जस्तै थियो।

नयाँ युक्रेनी राज्यलाई मान्यता दिँदै रुसले अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको भए पनि केही फरक पर्ने वाला थिएन। तर सन् २०१४ सम्ममा राष्ट्रपति पुटिनले युक्रेनको रुसी सीमामा अवस्थित क्राइमियालाई कब्जा गर्ने बाटो पहिल्याइसकेका थिए। उनले उक्त देशमा रुसी सेनालाई घुसपैठ गराइदिए।

रुसले क्राइमियाको बाहिरी देशहरूसँगको सम्पर्क अवरुद्ध गर्‍यो र त्यहाँ बसोबास गर्ने अधिकांश रुसी मूलका मानिसहरूबीच जनमत सङ्ग्रह गराएर उक्त देशलाई रुसको अङ्ग बनायो। रुसको उक्त कदम अन्तर्राष्ट्रिय कानुन विपरीत भए पनि पश्चिमा देशहरूले रुससँग आफ्नो सम्बन्ध कायम राखिरहनेमा पुगे।

वक्तव्य वाजी र प्रतिबन्धहरू भए पनि पुटिन र उनका सहयोगीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य पार्ने कुनै कदम चालिएन। पुटिनले शत्रु र देशद्रोही ठानेका व्यक्तिहरूलाई ब्रिटेन र युरोपमा विष खुवाइयो र गोली समय प्रहार भयो। पश्चिमाहरूले त्यसको प्रतिक्रिया स्वरूप नयाँ प्रतिबन्धहरू लगाए तर रुस प्रतिबन्धहरूको सामना गरेर अघि बढ्न तयार भइसकेको थियो।

चीनसँग नयाँ गठबन्धन

विगत एक दशकयता रुसले चीनसँग छुट्टै गठबन्धन बनाएको छ। त्यो पश्चीमाहरूको विरोधका लागि मात्रै होइन तर दुई देशले पश्चिममा आलोचनाबीच एक अर्कालाई सहयोग गर्दै आएका छन्।

पुटिन र सी जिन्पिङ

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति पुटिनले पारस्परिक सहायता समूह निर्माण गरेका छन्। अहिले चीनले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरिरहेको छ।

चीनबाट टुक्रिएको ताइवानलाई आक्रमण नगर्ने भनेर राष्ट्रपति सी जिन्पिङले कहिल्यै बताएका छैनन्। त्यहाँका नागरिकहरू युक्रेन पछि आफ्नो देशको पनि पालो आउनेमा चिन्तित देखिएका छन्।

विगत केही वर्ष अघि भन्दा अहिलेको विश्वमा चिन्ताहरू थपिएका छन्। शीतयुद्धको समय यो भन्दा सहज थियो र नियमहरू प्रस्ट थिए।

एउटा देशले अर्कोको स्थानमा प्रवेश गर्दा विनाश हुने आकलन गरिए पनि त्यस्तो कहिल्यै भएन। धेरै पटक देशहरू युद्धको नजिक पुगे पनि संयमता अपनाए।

तर साम्यवादको समाप्तिसँगै नियमको किताब च्यातेर फालियो। अहिले विभाजनको सीमा यति अस्पष्ट छ कि रातो रेखा कहाँ छ भन्ने कसैलाई थाहा छैन।

नेटो कसरी जोडियो

अहिले प्राज्ञ र राजनीतिज्ञहरू सहितका विज्ञहरूले बर्लिन पर्खाल ढलेपछि नेटोले आफ्नो शैली बदल्नुपर्थ्यो भनिरहेका छन्।

नेटोले रुसलाई अपमानित हुनेगरी पूर्वी युरोप स्थित रुसका स्याटलाइट राज्यहरूमा नियन्त्रण लिने काम गर्नु नहुने र पुटिनको रुसलाई भिडन्तको लागि तयार गर्नु नहुने उनीहरूको मत छ।

मुख्यतः युक्रेन कुनै दिन नेटोको सदस्य बन्न सक्छ भन्ने कुराले रुस चिढियो। जसका कारण राष्ट्रपति पुटिन युक्रेन मामिला एउटै कदमबाट हल गर्नुपर्ने निष्कर्षमा पुगे।

यो पुटिनको नीति हो र यसमा उनी मात्रै संलग्न छन्। किनभने धेरै रुसी अधिकारी र राजनीतिज्ञहरूले युक्रेनमाथि आक्रमणको विपक्षमा खुला अभिव्यक्ति दिएका थिए। तर पुटिन आफ्नो निर्णयमा दृढ रहे।

अब यो मामिलामा रुस माथि पर्न उसले विजय हात पार्नुपर्ने बाध्यता छ। तर यस्ता सैन्य कारवाहीहरू विगतमा असफल पनि भएका छन्।

आठ वर्षअघि क्राइमियामा पुटिन सफल भएपछि देशभित्र उनको स्थिति बलियो भयो। यो पटक उनी सफल पनि हुनसक्छन्। रुसी सेनाले युक्रेनी सेनालाई हराउन सक्छन्, ठूलो भूभाग कब्जा गरेपछि आफ्नो देश फर्केर विजय उत्सव मनाउन सक्छन्।

यदि पुटिन असफल भए..

उनी असफल हुने सम्भावना पनि छ। यदि रुसी फौजले युक्रेनमा ठूलो मात्रामा ज्यान गुमाउन थाले र रुसमाथि लगाइएको प्रतिबन्धको प्रभाव देखिन थाल्यो भने पुटिनको आफ्नै शक्ति पनि धरापमा पर्न सक्छ।

त्यसपछि उनले के गर्छन्? भन्ने प्रश्नको एउटै जवाफ छ, उनले आन्तरिक आलोचना दबाउन राष्ट्रिय सुरक्षाको नाममा यसअघि चालेका भन्दा कठोर कदम चाल्न सक्छन्। विगतको तुलनामा रुसी समाज आश्चर्यजनक रूपमा खुला हुँदै गएको छ।

त्यो अवस्थामा खुलापन पनि समाप्त हुनेछ। रुसी अर्थतन्त्र धराशायी हुनेछ र चिनियाँ सहयोग पर्याप्त हुनेछैन।

त्यस अवस्थामा ३० वर्षअघि सोभियत सङ्घको विघटनका कारण आक्रोशित भएर युक्रेनमाथि आक्रमणमा अघि सरेका भ्लादिमिर पुटिनले रुसलाई पुन सोभियत सङ्घकै अवस्थामा पुर्‍याउन सक्छन्।

अनि आफूहरूले सम्बन्ध कायम राख्न सक्ने अर्को एउटा मुलुकका रूपमा मात्रै लामो समयदेखि रुसलाई हेरिरहेका पश्चिमा देशहरूले दण्डसहित पुराना दिनहरू फर्किएको ठान्न सक्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending