Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अझै भएन काठमाडौँको फोहर व्यवस्थापन, धेरै स्थानको फोहर उस्तै

खबरडबली संवाददाता
काठमाडौं । पाँच दिनदेखि नियमित रुपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थपान हुन थाले पनि अझै धेरै स्थानको फोहर उस्तै छ । 
 
बाह्र दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ । अहिलेसम्म कामपाको कालिमाटी, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारीएको फोहर विसर्जन हुन सकेको छैन । लामो समयसम्म एकै स्थानमा फोहर रहँदा दुर्गन्ध फैलिएर थप समस्या भएको छ ।  
 
कामपा वातावरण विभागका प्रमुख सरिता राईले अहिले नियमित रुपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थु्रप्रिएकाले समस्या भएको र अबको दुई दिनभित्र सबै स्थानको फोहर व्यवस्थापन गरिने बताए। स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँँ उपत्यकाको  १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन सकेको थिएन । 
 
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम सम्पन्न नगरेको भन्दै पासाङल्यामू राजमार्गका स्थानीयले गरेको अवरोधका कारण फोहर उठ्न नसकेको हो । उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन योजना नबन्दा पटक पटक समस्या उत्पन्न भएको राईको भनाइ छ ।  
 
विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पुर्‍याउँदै आएका छन् । “यो विषयमा सङ्घीय सरकार संवेदनशील हुनुपर्छ’’ उहाँले भन्नुभयो, “समयमै बाटो निर्माण गर्न पहल गरिनुपर्छ ।’’ हाल बञ्चरेडाँडामा फोहर व्यवस्थापनस्थल निर्माण गरिँदै छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँुदै आएको छ । उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा समस्या भएको हो । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending