Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

युक्रेन-रुस युद्ध : के पुटिनले युुक्रेनविरुद्ध परमाणुअस्त्र चलाउलान् ?

शान्तिवार्ताबीच लडाइँ तीव्र, असफल भएपछि आ-आफ्नो राजधानी फर्केर आवश्यक परामर्शमा

खबरडबली संवाददाता

काठमाडौं : एउटा स्वीकारोक्तिबाट सुरु गरौँ। धेरै पटक मैले सोचेको थिएँ। पुटिनले यस्तो कहिल्यै गर्दैनन्। तर उनले त्यसै गरे।

उनले कहिल्यै क्राइमियालाई गाभ्दैनन्। उनले गाभे। उनले कहिल्यै डोन्बासमा युद्ध सुरु गर्दैनन्। उनले गरे। उनले कहिल्यै युक्रेनभरि आक्रमण गर्दैनन्। उनले गरेका छन्।

त्यसैले मैले निष्कर्ष निकालेँ 'सायद कहिल्यै गर्दैनन्' भन्ने शब्दावली भ्लादिमिर पुटिनका लागि लागु हुँदैन।

उनले कहिल्यै परमाणुअस्त्र पहिले चलाउँदैनन्। चलाउलान् त?

यो सैद्धान्तिक प्रश्न हो। रुसका राष्ट्रपतिले नेटो नेताहरूको युक्रेनबारे आक्रामक अभिव्यक्ति दिएको भन्दै आफ्नो सेनाको परमाणुअस्त्र एकाइलाई उच्च सतर्कतामा राखेका छन्।

पुटिनका अभिव्यक्तिहरूलाई ध्यान दिएर सुन्नुहोस्। गत बिहीवार उनले टीभीमा युक्रेनमाथि विशेष सैन्य कारबाही (वास्तवमा पूर्ण आक्रमण) घोषणा गर्दा उनले एउटा डरलाग्दो चेतावनी दिएका थिए।

'यसलाई बाहिरी हस्तक्षेप ठान्ने जोकोहीलाई यदि त्यस्तो ठानेमा त्यसको परिणाम इतिहासमा अहिलेसम्म देखिएको परिणामभन्दा ठूलो हुनेछ।'

"पुटिनको शब्द परमाणुयुद्धको धम्कीजस्तो सुनिन्छ," नोबेल शान्ति पुरस्कार विजेता तथा नोभाया गजेटा पत्रिकाका प्रधानसम्पादक दिमित्री मुरातोभ भन्छन्।

"त्यो टीभी सम्बोधनमा पुटिन क्रेम्लिनको सञ्चालक नभएर पूरै पृथ्वीको सञ्चालकले जसरी बोले। जसरी विलासी कारका मालिकले कारको साँचो औँलामा घुमाएर देखाउँछन्, पुटिनले परमाणुअस्त्रको साँचो घुमाएर देखाए। उनले धेरै पटक भने: यदि रुस रहँदैन भने पृथ्वी किन चाहियो? कसैले ध्यान दिएन।"

"तर त्यो एउटा धम्की थियो कि रुसलाई उनले चाहे जस्तो तरिकाले व्यवहार गरिएन भने सबै कुरा समाप्त हुनेछ।"

सन् २०१८ को एउटा वृत्तचित्रमा राष्ट्रपति पुटिनले भनेका थिएः "…कसैले रुसलाई नष्ट गर्ने सोचेमा हामीसँग प्रतिकार गर्ने कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ। तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसबिनाको विश्व किन चाहियो?"

अब सन् २०२२ मा आउनुहोस्।

खार्किभ

पुटिनले युक्रेनसँग युद्ध सुरु गरेका छन् तर युक्रेनी सेनाले बलियो प्रतिकार गरेको छ। पश्चिमा राष्ट्रहरूले क्रेम्लिन चकित पर्नेगरी एकताबद्ध भई मस्कोविरुद्ध आर्थिक नाकाबन्दी गरेका छन्। यसबाट पुटिन नेतृत्वको प्रणालीको अस्तित्वबारे नै शङ्का उत्पन्न भएको हुनसक्छ।

"पुटिन कुनामा पुगेका छन्," मस्कोस्थित रक्षाविज्ञ पाभेल फेल्गेन्हर भन्छन्।

"उनीसँग धेरै विकल्प छैनन्। एक पटक पश्चिमा विश्वले रुसी केन्द्रीय ब्याङ्कको सम्पत्ति रोक्का गरेपछि र रुसको आर्थिक अवस्था झरेपछि उनको प्रणालीले काम गर्दैन।"

"एउटा विकल्प युरोप पछाडि हट्ने आशामा ग्यास निर्यात बन्द गर्ने हुन्छ। अर्को विकल्प ब्रिटेन र डेन्मार्कबीच रहेको समुद्रमा परमाणुअस्त्र पड्काउने र के हुन्छ हेर्ने हुन्छ।"

यदि पुटिनले परमाणुअस्त्र प्रयोग गर्ने विकल्प रोजे भने के उनलाई निकटस्थ कुनै व्यक्तिले रोक्न प्रयास गर्न सक्छ?

"रुसको राजनीतिक वृत्त कहिल्यै नागरिकसँग छैन," मुरातोभ भन्छन्। "उनीहरुले जहिल्यै शासकको पक्ष लिन्छन्।"

अनि पुटिनको रुसमा शासक सबैभन्दा शक्तिशाली छन्। यो देशमा जबाफदेही विरलै देखिन्छ। त्यहाँ क्रेम्लिनले जे भन्यो त्यही हुन्छ।

"कोही पुटिनविरुद्ध उभिन तयार छैन," फेल्गेन्हर भन्छन्। "हामी खतरनाक स्थानमा छौँ।" युक्रेन युद्ध पुटिनको युद्ध हो।

यदि उनी आफ्नो अभिलाषामा सफल भए भने स्वतन्त्र राज्यको रूपमा युक्रेनको भविष्य सङ्कटमा पर्छ। यदि उनी असफल हुँदै गए र ठूलो क्षति बेहोर्ने अवस्थामा पुगे भने क्रेम्लिनले हताश उपाय अपनाउने अवस्था बन्छ।

विशेषगरी जब 'सायद यस्तो गर्दैनन्' भन्ने मान्यता लागु हुँदैन।

शान्तिवार्ताबीच लडाइँ 

युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।

किएभ

अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्। उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्।

रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्।

युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्। रुसले युक्रेनमा किन 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।

अनि वार्ता 

यसैबीच, युक्रेन बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ।

वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन। तर, एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए।

रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ।

रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।

तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending