Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुँदैन : काँग्रेस प्रवक्ता महत

खबरडबली संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएको हो । बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । 

तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भईनसकेको उहाँको स्पष्टिकरण छ । प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहोर्‍याए । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए । 

प्रवक्ता महतले भने, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो । त्यसमा समझदारी विकसित भईसकेपछि यो संकट टरेको छ । र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढछ । अव बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । ३० गते नै त्यो सम्पन्न हुन्छ । त्यसमा कुनै दुविधा छैन । यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ । अव स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानत: पनि त्यो सम्भव हुँदैन । त्यसकारण स्थानीय आवश्यक्ताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भईसकेको अवस्था छैन । आवश्यक्ताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाईदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ । र, गठबन्धनमा सम्मिलित हरेक दलहरुले दलभित्र यसको मूल्यांकन गर्लान र एउटा निचोडमा पुग्लान ।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए । उनले सभामुख अग्नीप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधिन मुद्धा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राखे । चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो । 

प्रवक्ता महतले भन्नु भयो, ‘विपक्ष दलसँग हामीले निरन्तर संवाद पनि गरिराखेका छौं । यो एमसीसीका सन्दर्भमा पनि हामीले संसदमै सक्रिय सहभागिता भएर यसको समर्थन गरौं । र, अरु तपाईहरुको चासो र चिन्ताको विषयमा पनि आफ्नो कुरा संसदमै राख्न सक्नु हुन्छ भनेको हो । अव त्यो समझदारी त्यतिखेर बन्न सकेन । तर मलाई लाग्छ–आगामी दिनमा उहाँहरुले पनि पुनर्विचार गर्नुहोला । १४ सांसदको विषय उहाँहरुले उठाईरहनु भएको छ । त्यो अव अदालतमा विचाराधिन विषय छ । हामीले निर्णय गरेर केही हुने अवस्था पनि छैन । त्यसो हुनाले अव सभामुखको विषयमा पनि फेरी त्यसैसँग जोडिएको विषय हो । त्यो हुनाले मलाई लाग्दछ–एमाले दलले पनि यसमा पुनर्विचार गर्ला । हामी निरन्तरको कोसिसमा छौं । अव संसदमै सहभागी भएर जो आफ्नो भनाईहरु छ । जो चासो, चिन्ता वा कुनै पनि मुद्धा छ । यी विषयमा यहाँनै छलफल गरौं । र, त्यहाँको निष्कर्षलाई स्विकार गरौं भन्ने हाम्रो भनाई हो । र, यो अवश्य पनि बजेट अधिवेशनमा त सम्पूर्ण दलहरु खासगरी विपक्ष दलहरुको अनिवार्य सक्रिय सहभागिताबाट नै यो बजेट अगाडि जाने र यसलाई सम्पन्न गर्ने, यसलाई टुंगो लगाउने कुरा नै हुनुपर्छ भन्ने हाम्रो काँग्रेसको भनाई छ । र, त्यही अनुसार हामी उहाँहरुलाई सहमतीमा ल्याउनका लागि हाम्रो पार्टीले, प्रधानमन्त्रीले, हाम्रो दलले त्यो कोसिस जारी राख्छ ।’

प्रवक्ता महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending