Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आगामी चुनावसम्मै गठबन्धनले निरन्तरता पाउँने अनौपचारिक निष्कर्ष : उपेन्द्र यादव

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउने बताएका छन् । बिहीबार बालुवाटारमा बसेको गठबन्धन बैठकले यस्तो अनौपचारिक निष्कर्ष निकाले यादवले बताए ।

सत्ता गठबन्धनले आगामी चुनावसम्मै निरन्तरता पाउँछ, यो बिषयमा दुई चार दिनभित्र पार्टीको बैठक बसेर छलफल गर्छौं । सत्ता गठबन्धनलाई चुनावसम्मै निरन्तरता दिने नदिनेबारे गठबन्धनमा आबद्ध पार्टीहरूले बेग्लाबेग्लै छलफल गरेर मात्रै सत्ता गठबन्धनले निर्णय लिने आजको गठबन्धनको बैठकमा सहमति भएको छ,’ यादवले भने । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएपछि सत्ता गठबन्धन बलियो भएको ठानिएको छ । एमसीसी कार्यान्वयनमा लैजान गठबन्धनमा आवद्ध दलहरू एकै ठाउँमा उभिने निर्णय गरेका छन् । तर एमसीसी प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक अनुमोदन गरेकोप्रति माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र खटपट भएको छ । पार्टीभित्रको खटपट हटाएर समान धारणा तय गरेपछि मात्रै सत्ता गठबन्धनलाई निरन्तरता दिने नदिनेबारे निर्णय लिने गठबन्धनले रणनीति बनाएको छ ।  

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, संसदीय दलका मुख्य सचेतक देव गुरुङ, नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरूले संसदबाट व्याख्यात्मक अनुमोदनसहित एमसीसी अनुमोदन भएकोप्रति असन्तुष्टि जनाएका छन् । एमसीसीको विपक्षमा रहेका कारण पार्टीभित्रै छुट्टै छलफल गरिरहेका छन् ।

असन्तुष्ट नेताहरूले पार्टीभित्र संघर्ष गर्ने कि नयाँ पार्टी खोलेर जाने भन्नेबारे छलफल गरिरहेका छन् । एकीकृत समाजवादीमा पनि सम्मानित नेता झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । एमसीसीको कारण सत्ता गठबन्नमा आबद्ध दलहरू नै एक नभएकाले पहिला दलभित्रको तिक्तता हटाएर सत्ता गठबन्धनबाट गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ । सत्तारुढ नेपाली कांग्रेसमा भने एमसीसीको बिषयलाई लिएर विवाद देखिएको छैन । -न्युज कारखाना

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending