काठमाडौं । कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाब्य 'विश्रान्त' सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले उक्त कृतिको सार्वजनिक गरेका हुन्।
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रुपमा महाकाब्य ल्याएका हुन्।
सदस्य सचिव उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए।
विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए। समालोचक डा. ज्ञवालीले महाकाब्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनितिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताए।
पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पारे। ज्ञवालीले भने, 'समाजले साहित्यलाई अनुत्पादक ठानेपनि यस कृतिले नेपाली समाजले भोगेको राजनितिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह-अवरोहमार्फत समाजको चित्रण गरेको छ।'
अहिले लेखकहरू साहित्य र समाजका लागि नभइ आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भिर आरोप लगाए। यसैबिच अलंकारले ल्याएको उक्त कृतीले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गरे।
यस्तै, समालोचक पौड्यालले सुदुर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए।
नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुदाँ कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको स्पष्ट पारे। 'समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाब्यको मुख्यविन्दु हो', पौड्यालले भने।
पछिल्लो समयमा आएका महाकाव्य भन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए। 'यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरिएको छ', पौड्यालले भने, 'यस्तो भन्दै गर्दा कृति त्रुटिरहित भने छैन। कृतिले प्रश्न मात्र गरेको छ। जवाफको खोजी भने गरेको छैन।'
अर्का लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहेपनि यसलाई पढ्ने पाठकको कमि किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गरे। 'नेपालका विश्वविद्यालयमा एकाध महाकाब्यको मात्र पढाई हुन्छ। जसले गर्दा हामीले महाकाब्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौं', अधिकारीले भने, 'महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु।'
महाकाब्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मुल्य ३ सय ७५राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...
फाल्गुन २६ गते, २०८२ - ०८:४६
गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...
फाल्गुन २६ गते, २०८२ - ०८:४०
पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...
फाल्गुन २६ गते, २०८२ - ०८:३३
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...
फाल्गुन २६ गते, २०८२ - ०७:५२
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...
फाल्गुन २६ गते, २०८२ - ०७:४८
काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...
फाल्गुन २६ गते, २०८२ - ०७:४३
काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...
फाल्गुन २६ गते, २०८२ - ०७:३७
काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...
फाल्गुन २६ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...
फाल्गुन २६ गते, २०८२ - ०७:१८
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...



प्रतिकृया लेख्नुहोस्: