म्याग्दी । विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफी मागेका छन् । विद्यालयले उपचार खर्च बेहोर्ने, शिक्षकलाई स्पष्टीकरण सोध्ने र शिक्षकले माफी माग्नेलगायत पाँचबुँदे सहमति आइतबार भएको हो ।
यही फागुन १३ गते लेखा विषय शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको दुई वटा करङ भाँचिएको थियो ।
घटनाको दश दिनपछि कुटपिट गर्ने शिक्षक घिमिरेले कमजोरी स्वीकार गरेर गल्ती नदोहोराउने लिखित माफी मागेपछि विद्यार्थीका अभिभावक र व्यवस्थापन समितिका पदाधिकारीबीच सहमतिमा हस्ताक्षर भएको हो ।
शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र दाडमा पिटेपछि करङ भाँचिएर घाइते भएका पौडेलको उपचार भइरहेको छ । निमित्त प्रअ लेखबहादुर हमाल र राजनका बुबा भीमप्रसाद पौडेलबीचको हस्ताक्षर भएको सहमतिपत्रमा घाइते विद्यार्थीलाई विद्यालयले १२ कक्षासम्म निःशुल्क पढाउने उल्लेख छ ।
पौडेलको स्वास्थ्य सामान्य नहुँदासम्म उपचारको क्रममा भएको खर्च पेश गरेको बिल भर्पाइको आधारमा भुक्तानी र चोटका कारण भविष्यमा कुनै समस्या आएमा विद्यालयले उपचार गर्ने सहमति भएको छ । यही फागुन १८ गतेको व्यवस्थापन समितिको बैठकले शिक्षक घिमिरेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
पढाउने क्रममा कागजको ढल्ला बनाएर हानेको जनाउँदै घिमिरेले पौडेलसहित कृष्ण तामाङ, निशान गर्बुजा, रुपेश बोहोरा र विपन पुर्जालाई कुटपिट गरेका थिए।
भीमप्रसादले मर्यादाविपरीत बालमनावैज्ञानिक असर पर्ने गरी यातना दिने शिक्षक घिमिरेलाई कारबाहीको माग गर्दै फागुन १५ गते विद्यालयमा निवेदन दर्ता गरेका थिए।
नेपाल विद्यार्थी सङ्घले फागुन १५ गते र अनेरास्वयु क्रान्तिकारीले फागुन २२ गते विज्ञप्ति प्रकाशन गरेर शिक्षकलाई कारबाही गर्दै सुरक्षित भएर पढ्ने वातावरण बनाउन माग गरेका थिए । विद्यार्थी कुटेर घाइते बनाएको समाचार सार्वजनिक भएपछि शिक्षक घिमिरे, विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई दबाब परेको थियो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष दिनेश शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य सरला सुवेदी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायण ढुङ्गाना, घाइते विद्यार्थीका भिनाजु यामनाथ सुवेदी, आफन्त ऋषिकेस तिवारी, नेविसङ्घ म्याग्दीका सभापति निर्मल खत्री र बेनपा–६ का अध्यक्ष कृष्णसिंह बानियाँको रोहबरमा सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: