Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

स्थानीय तह निर्वाचन : तयारी तीव्र, उम्मेदवार चर्चा

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् । 

राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ । प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् । उनीहरुले जनसम्पर्क विस्तार, सङ्गठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् । यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा बेनी नगरपालिकाको निर्वाचन भने निकै पेचिलो बन्ने देखिएको छ । सो नगरपालिकाको प्रमुखमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिए पनि निर्वाचनका लागि सम्भावित गठबन्धनका लागिसमेत पहल सुरु भएको बताइएको छ ।

जिल्लाका सम्पूर्ण राजनीतिक दल अहिले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानमा गाउँ पसेका छन् । पार्टी प्रवेश गराउने, सदस्यता वितरण गर्ने, सङ्गठन विस्तार गर्ने क्रम तीव्ररूपमा चलेको छ । यसैगरी केही युवाहरूले आफ्नो भाबी कार्ययोजनासहित स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् ।

निर्वाचनमा आफूहरूको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता–कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तीव्रता पाएका छन् भने अर्कोतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भीड लाग्न सुरु भएको छ । बेनी–३ का दलबहादुर घर्तीले आफ्ना वडाका जनप्रतिनिधिबाट राम्रै काम भएको जनाउँदै अबको निर्वाचनमा पनि उनीहरुलाई नै मौका दिने हो भने गाउँको विकास छिटो हुने प्रतिक्रिया दिए । 

यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने विचार व्यक्त गर्न थालेका छन् । कतिपय व्यक्तिले त नामै तोकेर अबको निर्वाचनमा उम्मेदवार बन्न नेताहरुलाई आग्रहसमेत गरेका छन् ।

कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुनसक्ने नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ ।

जिल्लामा सक्रिय राजनीतिक पार्टी बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्रभित्र यी पार्टीका नेता कार्यकर्तामा महत्वकाङ्क्षा र गुटगत स्वार्थ भने रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन् । 

समग्रमा पार्टीभित्र यसअघि देखिएका आन्तरिक कलह, गुटबन्दी र प्यानलका कारण स्थानीय निर्वाचनमा यसको असर टड्कारोरूपमा देखिन सक्ने नेताको अनुमान छ । यसपटक राजनीतिमा युवाहरुको विशेष आकर्षण देखिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending