Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उपत्यकामै ‘जब सेन्टर’ खोलेर ठगी, फारम भर्ने बहानामा ३ सय देखि ५०० सम्म शुुल्क

खबरडबली संवाददाता

कामाडौं । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले ‘जब सेन्टर’ खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो ।

घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले उक्त सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई त्यसका सञ्चालकले जागिरका लागि फारम भर्ने बहाना बनाई रु ३०० देखि रु ५०० सम्म शुुल्क लिने गरेका पाइएको छ । उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महाशाखाको टोलीले जागिर लगाइदिने बहानामा ठगी गरेको पाइएपछि केही जब सेन्टरमा सञ्चालकलाई कानुनी दायरामा ल्याएको छ । महाशाखाबाट परिचालित टोलीले काठमाडाँैको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा कार्यालय नै खोलेर शुल्कसमेत लिई ठगी गरेको पाइएपछि नौ जनालाई पक्राउ पनि गरेको छ ।

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरिएको प्रहरीले जनाएको छ । उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्कमै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने गरेको पनि महाशाखाले जनाएको छ ।

ठगी गर्ने पक्राउ 

यसरी ठाउँठाउँमा जब सेन्टरको नाममा ठगी गर्नेमध्ये हालसम्म नौ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिस सञ्चालक गर्ने अर्घाखाँचीका भई अमर पाण्डे, सोही जिल्ला घर भई काठमाडौँको पेप्सिकोला बस्ने तिलकराम पाण्डे, लमजुङ दूधपोखरी घर भई काठमाडौँको तारकेश्वर बसी बालाजु दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका वर्ष २२ का आनन्द मरहठ्ठा र सिराहा घर भई ललितपुर बस्ने एनएन मल्टिपर्पाज प्रालिका सञ्चालक विवेक यादव रहेका छन् । 

यस्तै ओखलढुङगा घर भई काठमडौँ बस्ने एविएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक  वर्ष २८ का अश्विन राई, सिन्धुलीको फिक्कल घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालक गर्दै आएका वर्ष २२ का घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पोज प्रालि सञ्चालक सिर्जना लामिछाने, कोटेश्वरस्थित क्वीकमाण्डु एमपि प्रालिका सञ्चालक ज्ञानु न्यौपाने, सोही ठाउँमा अनमोल जब मल्टिपल प्रालि सञ्चालन गर्दै आएका रामवचनकुमार यादव पनि पक्राउ परेका छन् । 

उनीहरूलाई आवश्यक कारबाहीका लागि नजिकका प्रहरी कार्यालयमा पठाइएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी गरेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सर्वसाधारणमा आग््रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy