काठमाडौं । काठमाडौँमा भूमि आयोगको मान्छे हुँ भन्दै दुई व्यक्तिले रकम ठगी गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो ।
अनुसन्धानका क्रममा आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी परिचय गराई काठमाडौँमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजार लाग्ने भनी फारम भर्न लगाई ठगी गरेका पाइएको प्रहरीले जानकारी दिएको छ ।
यसरी ठगी गर्ने कार्यमा झापाको भद्रपुर घर भई काठमाडौँको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४ वर्षका उद्धव भण्डारी संलग्न रहेको पाइएको छ । उनीहरुबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा अदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका परिसरले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: