Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

रासस

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो ।

आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणमा दबाब दिँदै आएका थिए। 

नगरप्रमुख श्रेष्ठले भने, “काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरेका यस्तो जग्गा एकीकरण आयोजना कहिल्यै समयमै सम्पन्न भएको छैन, यहाँ पनि वर्षौँदेखि आयोजनाको म्याद थप गर्दै आएको थियो, हामी नगरपालिकामा आएपछि दुई वर्ष त यसको स्वामित्व लिने प्रयत्नमै लाग्यौँ, स्वामित्व लिएपछि यहाँका धेरै काम अगाडि बढाएका छौँ ।”

एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा अहिलेसम्म स्थायी लालपुर्जा वितरण ७५ प्रतिशत सकिएको र सेल्स प्लट बिक्री ८३ प्रतिशत सकिएको छ । अधिकांश सडक चार मिटरको रहेको यो आयोजनामा विसं २०७२ को भूकम्पपछि मात्रै बाँकी रहेका मूल सडकलाई ११ मिटर बनाइएको थियो ।

गरपालिकाले आयोजनालाई आफ्नो स्वामित्वमा लिएपछि भने यहाँको चार र ११ मिटरका सबै सडकमा ग्राभेल गर्ने, ढल, खानेपानीको पाइप बिछ्याउने, ११ मिटरका सडकमा फुटपाथ बनाउने काम सम्पन्न भएको छ । 

आयोजनाभित्र ११ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण, ऐतिहासिक धारा तथा पाटीहरूको परम्परागत शैलीमा निर्माण गर्ने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । 

नगरपालिकाले आयोजनामार्फत रु ७४ करोड २७ लाख अनुमानित लागत ठेक्का आह्वान गरेकामा रु ५४ करोड ६५ लाख ५१ हजारको ठेक्का सम्झौतामा आयोजनाभित्रको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ ।

“जनप्रतिनिधि आउनेबित्तिकै आयोजना नगरपालिकालाई हस्तान्तरण गरेको भए हामी अहिलेसम्म आयोजनाको सबै काम सम्पन्न गर्न सक्थ्यौँ, दुई वर्ष त आयोजना लिनलाई नै समय लाग्यो, त्यसपछि कोरोना महामारी सुरु भइहाल्यो, त्यसले समस्या पा¥यो”, नगरप्रमुख श्रेष्ठले भने, “नगरपालिकाले आयोजना स्वामित्वमा लिनेबित्तिकै यहाँका सबै सडक दुई वर्षभित्र  कालोपत्र सिध्याउने लक्ष्य लिएका थियौँ, तर कोरोना र ठेकेदारको ढिलाइले २४ प्रतिशतमात्रै सम्पन्न भएको छ ।”

आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्दै उहाँले सडक कालोपत्र सुरु भएकाले अब नरोकिने र आगामी एक वर्षमा सबै सडक कालोपत्र सम्पन्न गरिने बताए । 

आयोजनाभित्रका चार मिटरका सडकको बीच–बीचमै विद्युत् प्राधिकरणको पोल रहेकाले कालोपत्रमा समस्या गरेपछि आयोजनाले पोल हटाइदिन पटक–पटक प्राधिकरणलाई ताकेता गर्दा पनि अटेर गरेको आयोजनाका प्रमुख सत्यसुन्दर श्रेष्ठले बताए । 

उनले भने, “एकातिर ठेकेदारले समयमै काम सुरु नगर्दा कालोपत्र गर्ने काम ढिलाइ भयो, अर्कातर्फ आयोजनाले निर्माण गरेको चार मिटरको सडकको बीच–बीचमा प्राधिकरणले राखेको विद्युत् पोल हटाउन पनि करोडौँ रुपैयाँ मागेको छ, प्राधिकरणले अर्को समस्या बनाएको छ ।” 

आयोजनालाई छिट्टै सम्पन्न गर्ने योजना रहेको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending