काठमाडौं । कानुनअनुसार प्रक्रिया पूरा गरेर तोकिएको राजस्व तिरेपछि घर जग्गाको नामसारी हुन्छ । सो कार्यका लागि सरकारले देशभर नै मालपोत कार्यालय स्थापना गरेको छ ।
घर जग्गाको कारोबार, नामसारीको सेवा दिन बसेका कर्मचारीले नियमअनुसार काम गर्नुपर्छ तर आफूले प्राप्त गरेको अधिकारको दुरुपयोग गरी सामान्य प्रक्रियामा हुने काममा उल्झन खडा गर्यो वा त्यसैमा घुस माग्यो भने त्यो सरासर भ्रष्टाचारजन्य अपराध ठहरिन्छ ।
घर जग्गाको कारोबार वा नामसारी गराउने जिम्मेवारी लिएर मालपोत कार्यालयमा बसेका एकाध कर्मचारीले बदमासी गर्दा त्यसको असर अन्य कार्यालयमा समेत परेको छ । अख्तियार दुरुपयोग अनुसनधान आयोगले आज जग्गा नामसारी गर्ने सिलसिलामा सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि मालपोत कार्यालयभित्र हुने बदमासी सार्वजनिक भएको हो ।
आयोगका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँमा कार्यरत खरिदार लक्ष्मण बस्नेतले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग रु एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले घुस लिँदै गरेको अवस्थामा यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।
जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिएको भन्दै खरिदार बस्नेतले आफ्नो ओहोदा र पदीय दायित्वकोसमेत ख्याल नगरी घुस मागेको आयोगको आरोप छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी खरिदार बस्नेतविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: