मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थी राखेर पढाउँदा शिक्षकले पढाएको बुझ्नै कठिन हुने गरेको विद्यार्थीहरूको गुनासो छ।
२०३७ सालमा स्थापना भएको विद्यालयले ४६ वर्ष पूरा गरिसकेको भए पनि आधारभूत पूर्वाधारको अभाव अझै हट्न सकेको छैन। यही विद्यालयबाट धेरै विद्यार्थी सफल भए पनि स्थानीय सरकार र सम्बन्धित निकायको बेवास्ताका कारण विद्यालयले वर्षौंदेखि उस्तै समस्या झेलिरहेको छ।
विद्यालयमा रहेका चारमध्ये एक कोठा कार्यालयका लागि प्रयोग गरिएको छ भने बाँकी तीन कोठामै सबै कक्षा सञ्चालन भइरहेका छन्। कक्षा ४ र ५, कक्षा २ र ३ तथा कक्षा १ र ईसीडीका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ। कतिपय अवस्थामा ठाउँ अभाव भएपछि खुला चौरमै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा हाल १ सय ६० विद्यार्थी अध्ययनरत छन्। तीन जना दरबन्दी शिक्षक, एक जना ईसीडी शिक्षक र एक जना कर्मचारीको भरमा पठनपाठन भइरहेको छ।
पूर्वाधारको अभाव कक्षाकोठामा मात्रै सीमित छैन। विद्यालयमा शौचालय नहुँदा विद्यार्थी खुला ठाउँमा जान बाध्य छन् भने खानेपानीका लागि कर्मचारीले करिब आधा घण्टाको दूरीबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था छ।
विद्यालय व्यवस्थापनले पटक–पटक स्थानीय सरकारसमक्ष समस्या राखे पनि हालसम्म समाधान हुन सकेको छैन। एक परियोजनामार्फत खेल मैदान निर्माण भए पनि कक्षाकोठा, शौचालय र खानेपानीजस्ता आधारभूत सुविधा अझै अभावमै छन्।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले आगामी आर्थिक वर्षदेखि पुराना भवन भत्काएर नयाँ कक्षाकोठा निर्माण गर्ने तयारी भइरहेको बताए। तर त्यसअघि नै विद्यार्थीले आधारभूत सुविधा अभावमै अध्ययन गर्नुपर्ने अवस्था भने कायमै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: