Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चुनावमा तालमेल गरेर जाने विषयमा चैत दोस्रो साताभित्र निर्णय हुन्छ: महामन्त्री थापा

खबरडबली संवाददाता
सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् । आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताए। 
 
प्रेस युनियन सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले भने, “कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो”, महामन्त्री थापाले भने, “यो गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।”
 
 
उनले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भने, “त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुईवटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’’ उनका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ । 
 
महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पारे। अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरुको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उनले जानकारी गराए । महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताए। पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उनको भनाइ थियो ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय महिला टीमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार राष्ट्...

सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण...

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको छ । पार्टीका अध...

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित विभिन्न प्रक्रि...

आज काठमाडौंको यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत प...

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

काठमाडौँ । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन । संसद्ले जनहितका काम गर्नुपर्छ । संसद् र सांसदका  कामबाट जनता निरा...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।  उपप्रधानमन्त्री एवं गृहम...

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, १० घाइते

पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० ज...

इरानी समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका

तेहरान। इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमाण्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ।  काल्सो सैन्य...

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies