Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

पुटिनले आफूले जितेको देखाउन कस्तो बाटो खोज्लान् ?

युक्रेनी आक्रोश दशकौँसम्म रहला तर, दुवै पक्ष शान्ति चाहन्छ

खबरडबली संवाददाता

काठमाडौं । सबैभन्दा खराब युद्ध पनि सकिन्छ। जस्तो कि सन् १९४५ मा मृत्युसम्म लड्नु नै एकमात्र युद्धको नतिजा जस्तो देखिएको थियो।

धेरैजसो अवस्थामा युद्ध कुनै यस्तो सहमतिमा सकिन्छ जसले कसैलाई पनि पूर्ण सन्तुष्ट बनाउँदैन तर कम्तीमा हिंसा रोकिन्छ। धेरैजसो खराब र तीतो द्वन्द्वपछि पनि दुई पक्ष विस्तारै पुरानो र कम रिसरागपूर्ण सम्बन्धमा फर्कन्छन्।

यदि हामी भाग्यमानी रहेछौँ भने युक्रेन र रुसबीच यो प्रक्रिया सुरु भएको देखिरहेका छौँ। युक्रेनी पक्षमा आक्रोश दशकौँसम्म बाँकी रहला तर दुवै पक्षलाई शान्ति चाहिन्छ।

युक्रेनका सहर र गाउँहरूले भोगेको क्षतिका कारण शान्ति चाहन्छ र रुसले पनि 'चेच्न्यामाका दुई हिंसात्मक युद्धमा भोगेकोभन्दा धेरै क्षति भोगेको' कारण शान्ति चाहन्छ। यद्यपि रुसको क्षतिको विवरण युक्रेनी दाबी हो र यसलाई पुष्टि गर्न असम्भव छ।

तर शान्तिको मूल्य आफ्नो अधोगति तिरेर कोही सम्झौतामा हस्ताक्षर गर्न चाहँदैन।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि इज्जत जोगाउने बाटो खोजी हुँदैछ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कूटनीतिमा राम्रो सीप देखाइसकेका छन् र उनी रुसलाई आफ्नो देशबाट बाहिर राख्न आफ्नो र आफ्ना नागरिकका लागि स्वीकार्य हुने जस्तोसुकै कदम चाल्न पनि तयार रहेको देखिएको छ।

उनको एउटै मुख्य उदेश्य छ: युद्धबाट युक्रेन रुसको एउटा प्रान्तका रूपमा होइन, एउटा एकताबद्ध र स्वतन्त्र राज्यको रूपमा बाहिर निस्कियोस्।

राष्ट्रपति पुटिनका लागि सबैभन्दा ठूलो कुरा विजयको घोषणा हुनेछ। उनको प्रशासनका सबैलाई यो अनावश्यक आक्रमणले आफ्नै नाक रगताम्मे भएको बुझेको भए पनि वा विश्वमा के भइरहेको छ भनेर बुझ्ने लगभग २० प्रतिशत रुसी नागरिकले पुटिनले जुवा खेलेर हारेको बुझे पनि त्यसले खास अर्थ राख्दैन।

किनभने उनको सङ्घर्ष भनेको सरकारी टीभीमा भनिएका कुरालाई विश्वास गर्ने बाँकी बहुसङ्ख्यक जनसङ्ख्याको समर्थन प्राप्त गर्नु हो। त्यो जनसङ्ख्यालाई टीभीमा युद्धको विरोध गर्ने मारिना ओभसाआनिकोभाजस्ता एक-दुई घटनाले असर पार्दैन।

त्यसो भए के कुराले रुसको बहुमत नागरिकका अगाडि यो युद्धपछि पनि राष्ट्रपति पुटिनको शान कायम राख्न सहयोग गर्छ त?

पहिलो त संविधानमा लेखेर वा अन्य कुनै तरिकाले युक्रेनले भविष्यमा नेटोमा सहभागी नहुने सुनिश्चिता। राष्ट्रपति जेलेन्स्की त्यसका लागि मार्गचित्र कोरिरहेका देखिन्छन्: उनले पहिले त नेटोलाई युक्रेनमाथि नो-फ्लाई जोन कायम गर्ने जस्ता सहमत हुनै नसक्ने कार्यका लागि अनुरोध गरे त्यसपछि नेटोले आफूलाई सहयोग नगरेकोमा आलोचना गरे। अनि अन्तत: नेटोको यस्तो व्यवहार देखाउने भए त्यसको सदस्य हुनुको अर्थ नरहने कुरा बडबडाए।

राजनीतिक रूपमा यति चतुर स्थानमा राख्नु योभन्दा राम्रो हुनै सक्दैन। यसले युक्रेनले चाहे अनुसार गर्ने स्वतन्त्रता पाउने र युद्धका लागि नेटोलाई दोष दिने अवस्था बनाउँछ।

तर यो सहज कुरो हो। युक्रेन र जेलेन्स्कीको युरोपेली युनियनमा सदस्य हुने रहरलाई व्यवस्थापन गर्न अलि गाह्रो छ। यो विषयमा पनि रुस उत्तिकै विपक्षमा छ।

सबैभन्दा गाह्रो कुरा चाहिँ युक्रेनलाई रुसका कारण गुमाउनु परेको भूभागको कुरा पचाउनु हुनुपर्छ। सन् २०१४ मा क्राइमिया रुसमा गाभिएको कुरालाई युक्रेनले मान्नुपर्ने हुनसक्छ र रुसले पूर्वी युक्रेनका भूभागमाथि नियन्त्रण राखिरहने व्यवहार देखाएको छ। 

सन् १९३९ मा जोसेफ स्टालिनले कुनै बेला रुसको अंश रहेको फिनल्यान्डमाथि आक्रमण गरे। अहिले पुटिनले सोचेजस्तै स्टालिनले आफ्नो फौजले तुरुन्तै कब्जा जमाउने सोचेका थिए। स्टालिनसँग त्रसित उनका जनरलहरूले छिटै विजय हुने कुरामा सहमति दिए।

तर त्यस्तो भएन। त्यो युद्ध सन् १९४० सम्म लम्बियो, सोभियत सेनाले लज्जित हुनुपर्यो र फिनल्यान्डले शक्तिशाली राष्ट्रलाई प्रतिकार गरेर इज्जत कमायो। स्टालिनको नाक जोगाउनका लागि केही भूभाग गुमाए पनि फिनल्यान्डले सबैभन्दा महत्त्वपूर्ण कुरा जोगायो: आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता।

रुसका धेरै आक्रमणको प्रतिकार गरेर पुटिनको फौजलाई अप्रभावकारी देखाएको युक्रेनले आजको दिनमा त्यति कुरा जोगाउन सक्ने देखिएको छ।

पुटिनको सेनाले किएभ र युक्रेनको अधिकांश भूभाग कब्जा गर्न नसकेसम्म युक्रेन सन् १९४० को फिनल्यान्ड झैँ उभिन सक्छ। क्राइमिया र पूर्वी भूभाग गुमाउनु तीक्ततापूर्ण, गैरकानुनी र अन्यायपूर्ण रहिरहने छ। तर पुटिनले आफू माथि पर्नका लागि अझ खतरनाक अस्त्रहरू प्रयोग गर्न सक्छन्।

युद्धको तेस्रो हप्ताको अहिलेसम्मको अवस्थामा यो युद्धमा को विजयी हुन्छ भन्ने कुरामा दुईमत राख्न सक्ने अवस्था छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE