Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

हुम्लाको लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य

खबरडबली संवाददाता

सिमकोट।  हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् । 

चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन् । वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका हुन् । त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए ।

उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँहरुको मात्रै मनोनयन दर्ता हुनेछ र उनीहरुलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । “गाउँलेहरुको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्‍याएर औपचारिकता दिन बाँकी छ”, उनले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।”

५४१ मतदाता

नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीनवटा मतदान केन्द्र रहेका छन् । तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ म्तदाता सङ्ख्या छ । 

वर्सेनि बैठक मङ्सिरमा 
  
  हरेक वर्ष लिमी गाउँका नागरिकको बैठक मङ्सिरमा बसेर महत्वपूर्ण निर्णय गर्दै आएका छन् । मङ्सिरको अन्तिममा महत्वपूर्ण निर्णय लिनका लागि तीन गाउँको संयुक्त बैठक बस्छ । यो पटकको बैठकको एकमात्रै एजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नु थियो । 

गाउँलेहरुको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत् वडाध्यक्ष चयन गरेका छन् । त्यहाँका स्थानीयवासीको आफ्नै नीतिनियम छ । तीन गाउँको भेलाले गरेको निर्णयविपरीत यहाँ कोही जाँदैनन् । स्थानीयवासीका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ । सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशनानुसार चल्नुपर्छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत

काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...

कृषि विकास र किसानका समस्या समाधानलाई प्राथमिकता दिन प्रचण्डको आग्रह

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...

जोखिममा आधारित र प्रविधिमैत्री लेखा परीक्षण आजको आवश्यकता : सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएक...

१०० शय्याभन्दा बढी क्षमताका मेडिकल कलेजमा पीसीएल नर्सिङ सञ्चालनको बाटो खुल्यो

काठमाडौँ। १०० शय्या क्षमता वा सोभन्दा बढी भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको फैसला कार्यान...

संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार प्रधानमन्त्रीका सल्लाहकारलाई कसले दियो ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...

पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending