Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

रासस

काठमाडौं । पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हुँदैछ ।

पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । 

सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

‘बिच’ भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुन्। प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै  बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ ।

‘बिच’ भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई बिच भलिबलको पूर्वाधार अर्थात् मैदानकारुपमा प्रयोग गर्ने सकिन्छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले पाल्पाको रानीमहललाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताए । 

प्रतियोगिता आयोजक समितिका पदाधिकारीसँगको छलफलमा उनले भने, “नेपालका अधिकांश नदी र खोला किनारामा यस खेलको प्रशस्त सम्भावना छ ।” 

पाल्पाली उत्साहित अभियन्ताले सुन्दर मनोरम रानीमहलको पर्यटकीय प्रवद्र्धनसँगै बिच भलिबलको ‘हव’ कारुपमा विकास गर्नुपर्छ भन्ने कुरा उठाउँदै आएका बिच भलिबल सङ्घका अध्यक्ष यकेन्द्र कुँवरले बताए । 

प्रतियोगितामा पुरस्कारलगायत व्यस्थापनका लागि रु ३० लाख खर्च लाग्ने अनुमान गरिको छ । मुलुकमा बिच भलिबलको विकास र विस्तार गर्ने सिलसिलामा खेलाडीलाई विगतमा वैदेशिक प्रशिक्षणमा पठाइएको र दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले कास्य पदकसमेत जितेको इतिहास छ । 

यसअघि सन् २०११ मा चितवनमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपालमा ठूला तारे होटललगायतका क्षेत्रमा बिच भलिबल खेल्ने गरेको पाइन्छ । विसं २०७६ मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० आयोजना गरिएको थियो । बिच भलिबल कास्कीको पोखरामा सम्पन्न भएको थियो । 

उक्त प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा भाग लिएको थियो । पुरुषतर्फ नेपालसहित श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र माल्दिभस तथा महिलातर्फ नेपालसहित श्रीलङ्का र माल्दिभस सहभागी थिए । नेपालले महिलातर्फ कास्य पदक प्राप्त गरेको थियो । 

उक्त पदक विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले प्राप्त गरेको थियो । पुरुष टोली भने लिग चरणबाटै बाहिरिएको थियो । 

आयोजक संस्थाकी अध्यक्ष एवं नेपाल भलिबल सङ्घकी उपाध्यक्ष निरोज मास्केले बिच भलिबलमा न्यून खर्चमा मुलुकले चाँडो अन्तर्राष्ट्रिय पदक प्राप्त गर्नसक्ने सम्भावना रहेको बताउनुभयो । प्रतियोगिताका लागि रानीमहलमा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान र निर्णायक मण्डल रहने उनले जानकारी दिए । 

नायक धिरेन शाक्यले खेलको माध्यमबाट पर्यटकीय क्षेत्रका रुपमा रानीमहल र पाल्पालाई परिचित गराउने उद्देश्यले बिच भलिबल आयोजना गर्न लागिएको धारणा राखे । उक्त प्रतियोगिताका लागि युवा तथा खेलकुद मन्त्रालयले सहयोग र प्रोत्साहन गर्ने बताइएको छ । 

पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष गोबिन्द भट्टराईले बिच  भलिबल र ¥याफिटङको नेपालमा प्रवल सम्भावना रहेको बताए । 

पाल्पाली सङ्गमका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका सदस्य पदम न्यौपानेले बिच भलिबल प्रतियोगिताले पाल्पा र त्यस वरपरको क्षेत्रको लोकप्रियता बढाउने अपेक्षा गरिएको उल्लेख गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy