तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको छ । पाल्पामा एक लाख १६ हजार ६१६ मत समानुपातिकतर्फ खसेको थियो । यो मत कुल खसेको मतको ४३ प्रतिशत बढी हो ।
प्रत्यक्षतर्फ पाल्पा–२ मा मात्र जितको रास्वपाले समानुपातिकमा सबैभन्दा बढी मत ल्याएको हो । यस्तै नेकपा (एमाले)ले २४ हजार ९६६ मत ल्याएको छ । नेपाली कांग्रेसले पनि २० हजार छ मत ल्याएको छ । कांग्रेसले पाल्पा–१ मा प्रत्यक्षतर्फ जित निकालेको थियो । समानुपातिकमा कुल खसेको मतको २१ प्रतिशत बढी एमालेले २१ र कांग्रेसले २० प्रतिशत ल्याएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार २६८, श्रम संस्कृति पार्टीले तीन जार ५५८ मत ल्याएको छ । राप्रपाले एक हजार ३९९, नेश्नल रिपव्लिकले एक हजार ५४, राष्ट्रिय जनमोर्चाले ५२३ र मंगोल नेश्नल अर्गनाइजेसनले २६५ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए।
पाल्पामा चार बढी मत बदर
यस्तै, पाल्पामा प्रत्यक्षतर्फ चार प्रतिशत बढी मत बदर भएको छ । पाल्पा–१ मा ४।४१ प्रतिशत र पाल्पा–२ मा ३।९७ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ पाल्पामा चार हजार ७९८ मत बदर भएको छ । यस्तै समानुपातिकतर्फ तीन प्रतिशत बढी मत बदर भएको छ । समानुपातिकर्फ तीन हजार ७३४ मत बदर भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - ११:३३
खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...
फाल्गुन २६ गते, २०८२ - ११:१५
तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...
फाल्गुन २६ गते, २०८२ - ११:०६
लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...
फाल्गुन २६ गते, २०८२ - १०:५२
नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...
फाल्गुन २६ गते, २०८२ - १०:३९
बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...
फाल्गुन २६ गते, २०८२ - १०:२७
तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...
फाल्गुन २६ गते, २०८२ - १०:१०
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...



प्रतिकृया लेख्नुहोस्: