Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

आयोगले गठबन्धनसँग भित्री साँठगाँठ गरेर चुनाव चिन्हको रङ हरियो राख्यो : ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनसम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । 

उनले काँग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे। सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष ओलीले हरियो रङ रुख अनकूल हुने गरी किन निर्वाचन चिन्हको रङ रोज्न परेको भनि निर्वाचन आयोगसँग प्रश्न गरे। 

उनले निर्वाचन आयोगसँग आफ्नो पार्टीका लागि रातो सूर्य अनुकूलको रङ राख्न पनि माग गरे । दलहरुसँग परामर्श समेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धि तयारीको कामलाई अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो । उनले दलहरुको निर्वाचन चिन्हको रङ ब्लाकेन्टह्वाईट भएको भए मान्य हुने धारणा पनि राखे । 

निर्वाचन आयोगको क्रियाकलापले आगामी निर्वाचनमा भरतपुर काण्ड, सिरहा काण्ड दोहोरिन सक्ने भन्दै मतपेटिकाको सुरक्षा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए। 

अध्यक्ष ओलीले भने, ‘निर्वाचन आयोगले पनि दलहरुसँग परामर्श गर्नु पर्छ । अनि निर्वाचन चिन्हहरुको रङ पनि दलहरुको परामर्श लिनुपर्दैन । कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरु हुन यी । त्यसकारण निर्वाचन आयोगले सत्ता गठबन्धनसँग भित्री परामर्श गरेर हरियो, निलो रङ राख्नुपर्ने रङ बदल्नुपर्ने अनि अहिलेसम्म रङको कारणले चनाव चिन्ह चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र । हामीले रङको कारणले चिनेनौं रङको कारणले कन्फ्युन भयो भन्ने त आएन । त्यसकारण रङ बदलेर हरियो चाँही किन राख्नु पर्‍यो ? चिन्हमा हरियो रुखलाई किन राख्नु पर्‍यो ? तर अरुको चाँही चिन्ह त्यस्तो नमिल्न सक्छ । सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाकेन ह्वाईटमा जानुपर्‍यो । कि जसको जुन चिन्ह हो, त्यही अनुसार हामीलाई रातो सूर्य देऊ । अनि हामीलाई रातो सूर्य नहुने अनि रुखको जस्तो रङ छ, त्यस्तै गर्नुपर्ने ? यो सत्तासाठगाठ होइन भने के हो ? निर्वाचन आयोगले यस्ता कुराहरु दलहरुसँग परामर्श नगरी गर्दै जाने कुराहरु उचित होईनन् । र यसको लक्षण निर्वाचन आयोगको क्रियाकलाप उही भरतपुर काण्ड, सिरहा काण्ड उस्तै देखिने त होइन ? त्यस्तै हुँदै जाने त होईन । त्यो देखिदै आएको छ । पहिलो निर्वाचन आयोगको जस्तो खालको क्रियाकलाप थियो, गतिविधि थियो । स्पष्टै एमाले विरुद्ध थियो । यो कुरा नदोहोरियोस् भन्ने हामी चाहन्छौं । प्रसंग के मात्रै हो भने हामी निर्वाचन तर्फ जाँदैछौं । निर्वाचनको तयारीतर्फ जाँदैछौं । तयारीका क्रममा यस्ता कुराहरुले हामीले सजकताका साथ हेर्नुपर्छ । र, मैले भन्ने गरेको छु–यस पल्ट हामी मतपेटिका आँखाबाट ओझेल परेको हुन दिन मञ्जुर गर्दैनौं । किनभने हाम्रो आँखा अगाडि मतमेटिका हुनुपर्दछ । हाम्रो आँखा अगाडि मत हालिनुपर्दछ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा हुनुपर्दछ ।’

अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचन सम्बन्धि कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए । उनले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत

काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...

कृषि विकास र किसानका समस्या समाधानलाई प्राथमिकता दिन प्रचण्डको आग्रह

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...

जोखिममा आधारित र प्रविधिमैत्री लेखा परीक्षण आजको आवश्यकता : सभामुख अर्याल

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास वर्तमान समयको आवश्यकता भएक...

१०० शय्याभन्दा बढी क्षमताका मेडिकल कलेजमा पीसीएल नर्सिङ सञ्चालनको बाटो खुल्यो

काठमाडौँ। १०० शय्या क्षमता वा सोभन्दा बढी भएका मेडिकल कलेजहरूले अब पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। सर्वोच्च अदालतको फैसला कार्यान...

संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार प्रधानमन्त्रीका सल्लाहकारलाई कसले दियो ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...

पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending