Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

स्वार्थमा आधारित एकताको हालत दुनियाँले बुझिसकेका छौं, ओलीलाई बुझाउनै बाँकी छ: भुसाल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले बुझिसकेको वताएका छन् ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको वाम एकताको आवश्यकता र औचित्यबारे मंगलबार आफ्नो धारणा राख्ने क्रममा भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा बुझाउन बाँकी रहेको बताए । 'अनुभवले के बताउँछ भने नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन,' उनले भने । पार्टी बलियो भएमा नेताहरूका स्वार्थ पूर्ति हुने तर स्वार्थका आधारमा एकता गर्न नहुने उनको भनाइ थियो । 'नेताका स्वार्थमा आधारित भएर एकता भयो भने हालत यस्तो हुन्छ भन्ने दुनियाँले, हामीले बुझिसकेका छौं । त्यो हाम्रो पार्टीभित्र पनि कमरेड ओलीलाई केही बुझाउनपर्ने बाँकी छ, नत्र भने सबैले बुझेका छन् । स्थायी समिति, पोलिटब्युरो सबैले बुझेका छन् । तल कार्यकर्ताले बुझेका छन्,' उनले भने ।

भुसालले भने, ‘पार्टी विभाजनको सैद्धान्तिक र वैचारिक आधार छैन । कम्तीमा तीन पार्टी र अन्य पार्टीहरू जो चुनावमा जान्छन् यदि तपाई जानुहुन्छ भने के भनेर जानुहुन्छ समाजवाद ल्याउने हो भनेर जानुहुन्छ । आजै समाजवादी उत्पादन सम्बन्ध कायम गर्न सक्नुहुन्न । त्यसको तयारी गर्नुपर्छ । त्यसका लागि मुलुकलाई सम्बृद्धितर्फ लैजानुपर्छ ।’, नेता भुसालले सैद्धान्तिक रुपमा पनि तीन पार्टीले गर्ने कुरा एउटै रहेको बताए ।

‘वैचारिक सैद्धान्तिक एउटै कुरा गर्ने हो भने तीनवटा पार्टी किन चाहिन्छ ? यो भन्दा हास्यास्पद कुरा के हुन्छ ?, भुसालको प्रश्न छ । सिद्धान्त र विचारको रामरमिता गर्न नहुने बताउदै भुसालले एकताको पहल गर्ने दायित्व एमालेकै काँधमा रहेको भनाइ छ । उनले आगामी चुनावमा वाम पार्टीहरू छुट्टाछुट्टै लड्दा र एउटै भएर लड्दा आउने परिणाम फरक हुने भएकाले आफूले एकताको पक्षमा आवाज उठाएको पनि बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: