Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त छैनौं : नेता कोइराला

रेणु दाहाललाई जिताएपछि अहिलेसम्म कांग्रेस एक हुन सकेको छैन

खबरडबली संवाददाता

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त नभएको वताएका छन् । कांग्रेसका भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले कोइराला निवासमा मंगलबार आयोजना गरेको चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले  गठबन्धनबारे सोच-बिचार गरेर निर्णय लिनुपर्ने वताए ।

‘जिल्लाका कांग्रेसका साथीहरुले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानु हुँदैन र यसले कांग्रेसलाई फाइदा नगर्ने भनिरहेका छन्,’ उनले भने, ‘कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त छैनौं । त्यसैले आवेसमा होइन, पार्टी नेतृत्वले सोच(बिचार गरेर निर्णय लिनुपर्छ ।’

उनले गठबन्धनको फाइदा कांग्रेसलाई नभएर गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्ने संकेत गरेका थिए ।

उनले भने, ‘गठबन्धन गर्दा केका लागि गठबन्धन गर्ने रु अरु पार्टीलाई जिताउनका लागि कि अरु पार्टीले कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो ? कांग्रेस नेतृत्वले त्यसतर्फ सोच्नु पर्ने आवश्यकता छ । कांग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन, भोट आउँछ कि आउँदैन र यदी भोट आउँदैन भने त्यो गठबन्धनको जरुरत के छ ?’

उनले भने, ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरमा माओवादीको रेणु दाहाललाई जिताएपछि अहिलेसम्म कांग्रेस एक ढिक्का हुन सकेको छैन । त्यो पार्टी नेतृत्वले बुझ्नु पर्छ ।’

कांग्रेसको अरु पार्टीभन्दा अलग सिद्धान्त र बिचार भएकाले पनि गठबन्धन गर्नु उपयुक्त नभएको कोइरालाको तर्क थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending