Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त छैनौं : नेता कोइराला

रेणु दाहाललाई जिताएपछि अहिलेसम्म कांग्रेस एक हुन सकेको छैन

खबरडबली संवाददाता

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त नभएको वताएका छन् । कांग्रेसका भ्रातृ संस्था नेपाल सांस्कृतिक संघले कोइराला निवासमा मंगलबार आयोजना गरेको चुनावी गीत सार्वजनिकीकरण कार्यक्रममा उनले  गठबन्धनबारे सोच-बिचार गरेर निर्णय लिनुपर्ने वताए ।

‘जिल्लाका कांग्रेसका साथीहरुले स्थानीय तहको चुनावमा गठबन्धन गरेर जानु हुँदैन र यसले कांग्रेसलाई फाइदा नगर्ने भनिरहेका छन्,’ उनले भने, ‘कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छ भन्नेमा कांग्रेसी विश्वस्त छैनौं । त्यसैले आवेसमा होइन, पार्टी नेतृत्वले सोच(बिचार गरेर निर्णय लिनुपर्छ ।’

उनले गठबन्धनको फाइदा कांग्रेसलाई नभएर गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई फाइदा पुग्ने संकेत गरेका थिए ।

उनले भने, ‘गठबन्धन गर्दा केका लागि गठबन्धन गर्ने रु अरु पार्टीलाई जिताउनका लागि कि अरु पार्टीले कांग्रेसलाई पनि भोट दिनका लागि गठबन्धन हो ? कांग्रेस नेतृत्वले त्यसतर्फ सोच्नु पर्ने आवश्यकता छ । कांग्रेसलाई गठबन्धनबाट फाइदा हुन्छ कि हुँदैन, भोट आउँछ कि आउँदैन र यदी भोट आउँदैन भने त्यो गठबन्धनको जरुरत के छ ?’

उनले भने, ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा भरतपुरमा माओवादीको रेणु दाहाललाई जिताएपछि अहिलेसम्म कांग्रेस एक ढिक्का हुन सकेको छैन । त्यो पार्टी नेतृत्वले बुझ्नु पर्छ ।’

कांग्रेसको अरु पार्टीभन्दा अलग सिद्धान्त र बिचार भएकाले पनि गठबन्धन गर्नु उपयुक्त नभएको कोइरालाको तर्क थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: