काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोफले मस्कोले परमाणुअस्त्र प्रयोग गर्नसक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।
सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पपेस्कोफलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो।
उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुनसक्ने बताएका हुन्।
त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरे।
'विशेष कारबाही'
युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोफले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिए। त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे।
पेस्कोफका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणु शक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताए।
युक्रेनमा अतिक्रमण भएको तीन दिनपछि रुसी राष्ट्रपति पुटिनले आफ्ना परमाणु बललाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए।
त्यो आदेशको शक्ति राष्ट्रका साथै संयुक्त राष्ट्रसङ्घले समेत चर्को निन्दा गरेको थियो।
त्यतिबेला विश्लेषकहरूले पुटिनको आदेशलाई मस्कोले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भन्दा पनि उनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका थिए।
त्यसैगरी पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केतको रूपमा पनि त्यसलाई हेरिएको थियो।
विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन्।
'परमाणुअस्त्र प्रयोगसम्बन्धी लामो समयदेखिको उनीहरूको नीतिबारे यो पुनर्अभिव्यक्ति हो, कुनै नयाँ कुरा होइन' आईसेक पार्टनर्स एन्ड एनजीसी सेक्यूरका पूर्वप्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेका छन्।
'मलाई गलत नठान्नुहोला, आफ्ना परमाणुअस्त्रलाई लिई अमेरिकाले चिन्ता गरेको देखेर उनीहरू आनन्द मान्छन्। तर पेस्कोफको अभिव्यक्ति उनीहरूको नीतिमा परिवर्तन आएको सङ्केत होइन' उनले थपेका छन्।
सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिएः '…कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ।'
'तर, म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसविनाको विश्व किन चाहियो?'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: