चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले आजदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उनले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गर्ने बताएको हो ।
उनले भने, “कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छौं र कारवाहीको दायरामा ल्याउने छौँ ।” राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ थियो । विसं २०८० सम्म हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाएको भन्दै उनले सरकार र बैंकिङ क्षेत्रले गरेको लगानीबाट सोचे जस्तो सन्तुष्टि पाउन नसकेको बताए ।
अहिले पनि नेपालमा कृषिजन्य वस्तु आयात उच्च रहेको भन्दै उनले भने, “अब हामी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ ।” आयात घटाउनतर्फ सबै कृषक लाग्नुपर्ने उहाँको भनाइ थियो । कृषि क्षेत्रको लगानीमा कैयौँ ठाउमा चेन ब्रेक भएको र यसले गर्दा सही ढङ्गले कृषि क्षेत्र अघि बढ्न नसकेको भन्दै उनले दु:ख व्यक्त गरे ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मेलामा हुने गोष्ठीका क्रममा आएका निचोडका आधारमा राज्यले नीति निर्माण गर्दा मार्गदर्शन बन्ने बताए। सरकारले अहिले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले यस क्षेत्रको विकासका लागि राज्य र कृषक दुवै मिलेर अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकुमार उपाध्यय र नबील बैंकका अध्यक्ष उपेन्द्र पौडेललगायतले बोलेका थिए। प्रदर्शनी चैत १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा कृषि यन्त्र, औजार उपकरण तथा प्रविधिका २० भन्दाबढी मुलुकमा उत्पादन भएका सामग्री राखिएको छ । एक सय ५० कक्ष रहेको प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु २० करोडभन्दा माथिको कारोबार हुने अपेक्षा लिइएको छ । कार्यक्रम कृषि कर्जा मेला संयोजक सुनिता नेवाफुकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: