Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाही गरिने

खबरडबली संवाददाता

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घले आजदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उनले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गर्ने बताएको हो ।

उनले भने, “कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छौं र कारवाहीको दायरामा ल्याउने छौँ ।” राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको उहाँको भनाइ थियो । विसं २०८० सम्म हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाएको भन्दै उनले सरकार र बैंकिङ क्षेत्रले गरेको लगानीबाट सोचे जस्तो सन्तुष्टि पाउन नसकेको बताए । 

अहिले पनि नेपालमा कृषिजन्य वस्तु आयात उच्च रहेको भन्दै उनले भने, “अब हामी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ ।” आयात घटाउनतर्फ सबै कृषक लाग्नुपर्ने उहाँको भनाइ थियो । कृषि क्षेत्रको लगानीमा कैयौँ ठाउमा चेन ब्रेक भएको र यसले गर्दा सही ढङ्गले कृषि क्षेत्र अघि बढ्न नसकेको भन्दै उनले दु:ख व्यक्त गरे ।  

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मेलामा हुने गोष्ठीका क्रममा आएका निचोडका आधारमा राज्यले नीति निर्माण गर्दा मार्गदर्शन बन्ने बताए। सरकारले अहिले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले यस क्षेत्रको विकासका लागि राज्य र कृषक दुवै मिलेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकुमार उपाध्यय र नबील बैंकका अध्यक्ष उपेन्द्र पौडेललगायतले बोलेका थिए। प्रदर्शनी चैत १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा कृषि यन्त्र, औजार उपकरण तथा प्रविधिका २० भन्दाबढी मुलुकमा उत्पादन भएका सामग्री राखिएको छ । एक सय ५० कक्ष रहेको प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु २० करोडभन्दा माथिको कारोबार हुने अपेक्षा लिइएको छ । कार्यक्रम कृषि कर्जा मेला संयोजक सुनिता नेवाफुकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...

खोटाङमा हेलिकप्टर दुर्घटना अपडेट, दुई घाइतेलाई काठमाडौं ल्याइयो

खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्...

कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय

मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...

रास्वपा अभिमुखीकरणमा पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...

बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...

खोटाङमा हेलिकोप्टर दुर्घटना

खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...

भीरबाट लडेर बैतडीमा एकको मृत्यु

वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: