तनहुँ । बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको थियो ।
उनीहरुले घर तथा खेती गर्दै आएतापनि दु:ख पर्दा बिक्री तथा बैंकमा धितो राख्नलगायतका कार्यबाट बञ्चित हुँदै आएका थिए । उनीहरुलाई करिब छ ब्लकमा गरेर पुर्जा वितरण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।
पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाइ भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाएका भीमबहादुर गुरुङले जानकारी दिए। “पुर्जा नपाइकनै मरिन्छ होला भन्ने सोचेको थिएँ”, उनले भने, “ढिलै भए पनि पुर्जा पाइयो, खुसीको सीमा छैन ।”
यसैगरी पुर्जा पाएका अर्का व्यक्ति नरबहादुर थापाले पुर्जा हातमा परेपछि बैंकबाट धितो राखेर ऋण लिएर व्यवसाय गर्न सजिलो भएको बताए । विगत लामो समयदेखि भूमिहीन बन्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुर्जा पाएपछि खुसीले गद्गद् भएको वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए।
पुर्जा वितरणकार्य लामो समयदेखि रोकिराखेको हुँदा त्यस क्षेत्रका बासिन्दालाई पुर्जा प्रदान गर्न नसकिएकाले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “ढिलै भए पनि पुर्जा हस्तान्तरण गर्न पाउँदा उनीहरुले राहतको महसुस गरेका छन्”, उनले भने । सेतो पुर्जा वितरणका लागि पनि फाराम भर्ने काम भइरहेको उनले बताए ।
भूमि व्यवस्था सहकारी तथा निवारणमन्त्री शशि श्रेष्ठ र नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले बुधबार संयुक्तरूपमा पुर्जा हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...
चैत्र ४ गते, २०८२ - १४:१५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...
चैत्र ४ गते, २०८२ - १३:५४
खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...
चैत्र ४ गते, २०८२ - १३:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्...
चैत्र ४ गते, २०८२ - १३:३८
मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...
चैत्र ४ गते, २०८२ - १३:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...
चैत्र ४ गते, २०८२ - १३:१७
बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...
चैत्र ४ गते, २०८२ - १३:०६
खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...
चैत्र ४ गते, २०८२ - १२:०८
वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...


प्रतिकृया लेख्नुहोस्: