तनहुँ । बन्दीपुर गाउँपालिका–६ धरमपानीका ४६ स्थानीयवासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । सदियौँदेखि बसोबास र करेसाबारी बनाएर बस्दै आएका सो क्षेत्रका उनीहरुलाई ब्लक जग्गाको धनीपुर्जा वितरण गरिएको थियो ।
उनीहरुले घर तथा खेती गर्दै आएतापनि दु:ख पर्दा बिक्री तथा बैंकमा धितो राख्नलगायतका कार्यबाट बञ्चित हुँदै आएका थिए । उनीहरुलाई करिब छ ब्लकमा गरेर पुर्जा वितरण गरिएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।
पुर्जा नहुँदा बेचबिखन र व्यक्तिगत कार्यमा कठिनाइ भोग्नुपरेको हुँदा आउँदा दिनमा सहज बनाउन बाटो खुलेको पुर्जा पाएका भीमबहादुर गुरुङले जानकारी दिए। “पुर्जा नपाइकनै मरिन्छ होला भन्ने सोचेको थिएँ”, उनले भने, “ढिलै भए पनि पुर्जा पाइयो, खुसीको सीमा छैन ।”
यसैगरी पुर्जा पाएका अर्का व्यक्ति नरबहादुर थापाले पुर्जा हातमा परेपछि बैंकबाट धितो राखेर ऋण लिएर व्यवसाय गर्न सजिलो भएको बताए । विगत लामो समयदेखि भूमिहीन बन्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुर्जा पाएपछि खुसीले गद्गद् भएको वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए।
पुर्जा वितरणकार्य लामो समयदेखि रोकिराखेको हुँदा त्यस क्षेत्रका बासिन्दालाई पुर्जा प्रदान गर्न नसकिएकाले गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “ढिलै भए पनि पुर्जा हस्तान्तरण गर्न पाउँदा उनीहरुले राहतको महसुस गरेका छन्”, उनले भने । सेतो पुर्जा वितरणका लागि पनि फाराम भर्ने काम भइरहेको उनले बताए ।
भूमि व्यवस्था सहकारी तथा निवारणमन्त्री शशि श्रेष्ठ र नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले बुधबार संयुक्तरूपमा पुर्जा हस्तान्तरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: