Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

स्थानिय निर्वाचनमा एमालेसँग सहकार्य हुन्छ : अध्यक्ष थापा

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताए ।

उनले भन, “दलेको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उहाँले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए । उनले भने, “हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ ।” हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उनले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताए ।

थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको बताए । उनले भने, “अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान रहेको छ ।” नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उनको भनाइ थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको उनले बताए । राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उनले भने, “सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।” स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उनले दाबी गरे।

राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वाभाविक रहेको उनको भनाइ थियो । “चुनावमा जित्नका लागि तालमेल हुनु स्वाभाविकनै हो”, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending