Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रधानमन्त्री निवास बालुवाटारको ढलको समस्या हटाउन काम सुरु

खबरडबली संवाददाता
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या नआउने गरी काम थालिएको र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा पनि अबको दिनमा थालिने बताएका छन्  ।  
 
बालुवाटार क्षेत्रमा प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसर क्षेत्रमा प्रत्येक वर्ष आउने बर्सातको फोहोर पानी र ढललाई व्यवस्थापन गर्न सुरु भएको निर्माणको मङ्गलबार शिलान्यास गर्दै मन्त्री चौधरीले अब ढलको समस्या समाधान हुने बताउनुभएको हो । सो स्थानमा सुरु भएको निर्माणले काठमाडौँ महानगरपालिका वडा नं २, ३ र ४ को क्षेत्रमा रहेको ढलको समस्या समाधान गर्नेछ । 
 
मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र र बाहिर पनि ढलको व्यवस्थापनको कार्य अघि बढाइने बताए। आगामी आवमा सिंहदरबारभित्र र वरिपरिको क्षेत्रमा देखिएको ढलको समस्यालाई व्यवस्थापन सिंहदरबार पुन:निर्माण गुरुयोजनालाई असर नपर्ने गरी काम अघि बढाइने उहाँको भनाइ छ । उनले भने, “सबै क्षेत्रका महत्वपूर्ण स्थानमा देखिएको फोहोर पानी र ढलको व्यवस्थापनको काम अगाडि बढाइनेछ ।”
 
ठेक्काको जिम्मेवारी पाएको निर्माण व्यवसायीले निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गरेमा सरकारबाट ‘बोनस’ पाउने मन्त्री चौधरीले बताए । मन्त्री चौधरीले निर्धारित समयभन्दा अगाडि र गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै वडाका जनप्रतिनिधिको साथ र सहयोगबाट आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।
 
खानेपानी सचिव सुरेश आचार्यले प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र र काठमाडौँ महानगरपालिकाका तीन वडाका बासिन्दाले आयोजना सम्पन्न भएपछि ढलको समस्याबाट मुक्ति पाउने र सडक प्रयोगकर्ताले सुविधा पाउने बताए । 
 
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले प्रधानमन्त्री निवाससहित अतिविशिष्ट व्यक्तिको निवास क्षेत्र र महानगरको २, ३ र ४ का नौ हजार २४६ घर परिवार ढल निकासको समस्याबाट लाभान्वित हुने बताउनुभयो ।
 
बालुवाटार क्षेत्रमा ढल र बर्सातको पानी व्यवस्थित गर्न नसक्दा आवास क्षेत्र र सडक ढल र पानीको कारण जलमग्न हुने र घरभित्र पस्ने समस्या छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको १ नम्बर गेटबाटै बालुवाटरको उत्तरी क्षेत्रबाट आउने बर्सातको पानी निवासभित्र पस्ने गर्दछ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: