Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मुलुकको आर्थिक विकास र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण: भट्टराई

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको कार्यान्वयनका निम्ति आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न सबैमा अपिल गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्न र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने विचार राखे। 

उनले भने, “राजनीतिक दलले उठाउनुपर्ने मुद्दा नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले उठाउने गरेका छन्, राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलत: नेपालमा मिडियाले उठाउने गरेको पाउँछु  भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौँ, त्यस अर्थमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ ।” नेपालले विभिन्न देशसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । 

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको सन्दर्भ उल्लेख गर्दै संविधानको कार्यान्वयनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले भने, “व्यापार घाटा झनै बढेको छ, विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ, राजनीतिक रुपमा स्थिरता दिन सकिएको छैन, अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ, अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ, आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्नुपर्छ ।”

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ, यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ, गठबन्धन गर्नुपर्छ, तर, त्यो मूल्य र मान्यताका आधारमा हुनुपर्छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेत्री तथा सांसद चन्दा चौधरीले नेताहरुलाई अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारसमक्ष प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गरे । क्लबका सभापति ऋषि धमलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतर्फ केन्द्रित हुन दलका शीर्ष नेताहरुलाई आग्रह गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending