काठमाडौँ । दीपेन्द्रसिंह ऐरीको सानदार शतकमा नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पुगेको छ । पहिलो तीन खेल जितेर यसअघि नै फाइनल पुगिसकेको नेपालले शनिबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा मलेसियालाई ८५ रनले पराजित गर्यो ।
दीपेन्द्रको अविजित १ सय १० रनमा टस हारेपछि ब्याटिङमा आएको नेपालले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २३ रन बनाएको थियो । ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।
जवाफमा आएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अलआउट भयो ।
नेपालले सोमबार पपुवा न्यु गिनी (पीएनजी) सँग फाइनल खेल्ने छ । मलेसिया र पीएनजीले समान ४ खेलमा एउटामा मात्र विजय हात पारे पनि रन रेटमा अगाडि रहेका कारण पीएनजीले नेपालसँग फाइनल खेल्ने मौका पाएको हो ।
वीरनद्वीप सिंहले २६ बलमा ४७ रन बनाए । प्रतियोगितामा पहिलो म्याच खेलिरहेका कमलसिंह ऐरीलाई वीरनद्वीपले पहिलो ओभरमै ४ र करण केसीलाई दोस्रो ओभरको पहिलो दुई बलमै चौका प्रहार गरि मलेसियालाई आक्रामक सुरुआत दिलाएका थिए । वीरनद्वीपले कुल ९ चौका प्रहार गरे ।
कप्तान अहमद फैजले ३१ बलमा ३ चौका प्रहार गरी ३३ रन बनाए । अइनुल हफिज १८ र सैयद अजिज १७ रनमा आउट भए ।
सन्दीपले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कमलले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । दीपेन्द्र र रोहित पौडेलको नाममा १र१ विकेट रहयो ।
दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो नेपाली खेलाडी बनेका छन् । नेपालबाट यसअघि ट्वान्टी २० अन्तर्राष्ट्रियमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक बनाएका थिए ।
दीपेन्द्रले अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । उनले ५७ बलको इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे । दीपेन्द्रले र रोहित पौडेलले तेस्रो विकेटमा ९६ रनको साझेदारी गरे । रोहित ३४ बलमा ५१ रन बनाई आउट भए । उनले ५ चौका प्रहार गरे । ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो उनको पहिलो अर्धशतक हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: